धनगढी । बझाङको केदारस्यूँ गाउँपालिका–७ स्थित सुङगरे क्षेत्रमा शनिबार भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।
जिल्ला प्रशासन कार्यालय बझाङका अनुसार जीप सडकबाट करिब ३०० मिटर तल खसेको थियो। दुर्घटनाको सूचना प्राप्त हुनासाथ नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी उद्धारमा खटिएका छन्।
बझाङका प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले दुर्घटनास्थलमै तीन जनाको मृत्यु भएको पुष्टि गर्दै घाइतेहरूको उद्धारका लागि हेलिकोप्टर परिचालन गरिएको जानकारी दिए ।
उनले भने, “हामी अहिले उद्धारमै केन्द्रित छौं। घाइतेलाई सुरक्षित स्थानमा ल्याउन हेलिकोप्टर घटनास्थल पुगिसकेको छ।” दुर्घटनामा मृत्यु हुने र घाइते हुनेहरूको परिचय तत्काल खुलाइएको छैन। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।







प्रतिक्रिया