२०८३, ७ भाद्र सोमबार


भक्तपुर, २६ असार : सूर्यविनायक नगरपालिकाले आज नगरलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना नगर घोषणा गरेको छ । नगरपालिकाको कार्यालय कटुञ्जेमा आज आयोजित घोषणा कार्यक्रममा नगरप्रमुख वासुदेव थापाले औपचारिक रूपमा नगरपालिकालाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना नगर घोषणा गर्नु भएको हो ।

उहाँले बालबालिकाको स्वास्थ्य संरक्षण र सुरक्षित भविष्य निर्माणमा नगरपालिका सफल भएको भन्दै नगरपालिका क्षेत्रमा बस्ने पाँच वर्ष मुनीका प्रत्येक बालबालिकाले सतप्रतिशत खोप पाएको बताउनुभयो । उहाँले आजको घोषणादाई दिगोपना दिन नगरपालिकाले थप कार्यक्रम ल्याउने बताउदै नगरपालिकाले आफ्ना नागरिकलाई शिक्षा र स्वास्थ्यको सहज र शुलभ पहुँचमा लगानी बृद्धि गरेको बताउनुभयो ।

नगर प्रमुख थापाले भन्नुभयो, “स्वास्थ्य क्षेत्रलाई नगरपालिकाले उच्च प्राथमिकतामा राखेको छ, त्यसकै परिणामस्वरूप पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा सम्भव भएको हो, नगरपालिकाले आफ्ना नागरिकलाई सहज र शुलभ स्वास्थ्य उपचार नगर अस्पतालबाट दिदै आएको छ, स्वास्थ्य, शिक्षा तथा बालमैत्री स्थानीय शासनका क्षेत्रमा नगरपालिकाले सफलता हात पारेको छ ।”

कार्यक्रममा सूर्यविनायक नगरपालिकाका प्रवक्ता, सामाजिक शाखाका संयोजक तथा वडा नम्बर ७ का वडा अध्यक्ष रविन्द्र सापकोटाले खोप अभियानले जन्मेदेखि २३ महिनासम्मका बालबालिकालाई घरघरमै पुगेर खोजी गरेर खोप लगाउन सफल भएको बताउनुभयो । सबै खोप प्राप्त गरेका बालबालिकालाई आगामी वर्षहरूमा समेत खोपको निरन्तरता र सुनश्चितता दिन नगरपालिकाले खोप र खोजलाई निरन्तरता दिने बताउनुभयो ।

कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख अञ्जना लखड्काले बालबालिकाको स्वास्थ्य अधिकार सुनिश्चित गर्न एक वर्षदेखि खोप तथा खोज कार्यक्रम सञ्चालन गरि घरदैलोमा पगेर प्रत्येक बालबालिकालाई सबै प्रकारको खोज दिएको बताउनुभयो । उहाँले खोप लगाउन छुटेका ८ जना बालबालिकालाई समेत पूर्ण खोप दिलाउन सफल भएको बताउनुभयो ।


नगरपालिका स्वास्थ्य शाखाका प्रमुख बसन्त चौलागाईले घरधुरी सर्वेक्षणबाट प्राप्त तथ्यांकअनुसार नगर क्षेत्रमा खोप पाएका ० देखि १५ महिनासम्मका बालबालिकाको संख्या १ हजार ७५० रहेको, ड्रपआउट संख्या १ रहेको र पूर्ण खोप प्राप्त गरेका १६ देखि २३ महिनासम्मका बालबालिकाको संख्या एक हजार ३२९ रहेको बताउनुभयो । कार्यक्रममा खोप सुनिश्चित गराएका नगरपालिका भित्रका स्वास्थ्य संस्थाहरुलाई प्रमाणपत्र सहित सम्मान गरिएको थियो ।

प्रकाशित मिति : २०८३, २५ असार शुक्रबार  ११ : ०५ बजे

संसद्को रेकर्डबाट इन्दिरा राना र रामबहादुर थापाका शब्द हटाइए

काठमाडौं । प्रतिनिधिसभाको अभिलेखबाट सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद

कांग्रेस महाधिवेशन रोक्न देउवा–खड्का सर्वोच्चमा, छुट्टाछुट्टै रिट

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्रको विवाद अदालत

सामाजिक सञ्जालले घरभित्रै दूरी बढायो’ : बालबालिकाका लागि सीमा तोक्न एमालेको माग

काठमाडौं । नेकपा एमालेले बालबालिकाको सामाजिक सञ्जाल प्रयोगलाई नियमन गर्न

कोशीमा कार्की सरकारलाई बलियो साथ, ५७ सांसदले दिए विश्वासको मत

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेशसभामा आफ्नो

लुम्बिनीमा फेरियो सत्ता समीकरणको तस्बिर, नेकपाबाट तीन मन्त्री थपिँदै

बुटवल । लुम्बिनी प्रदेश सरकारमा सत्ता साझेदारीको सहमतिले आकार लिन