२०८३, २५ असार शुक्रबार

गणेश नेपालीको मृत्युले तात्यो संसद्, ‘सरकार मुर्दावाद’ भन्दै ऐन महरको बालेन सरकारमाथि आक्रमण

गणेश नेपालीको मृत्युले तात्यो संसद्, ‘सरकार मुर्दावाद’ भन्दै ऐन महरको बालेन सरकारमाथि आक्रमण


काठमाडौं । राइडर गणेश नेपालीको उपचारका क्रममा भएको निधनको विषयलाई लिएर प्रतिनिधिसभा शुक्रबार तातेको छ। नेकपा (एमाले)का प्रमुख सचेतक ऐन महरले सदनमै ‘सरकार मुर्दावाद’ को नारा लगाउँदै गणेश नेपालीको मृत्युको नैतिक र राजनीतिक जिम्मेवारी सरकारमाथि थोपरेका छन्।

संसद्मा बोल्दै महरले मुगुका २५ वर्षीय गणेश नेपालीलाई राज्यको असंवेदनशीलता, प्रशासनिक दबाब र सरकारी असफलताले आत्मदाहजस्तो चरम कदम चाल्न बाध्य बनाएको आरोप लगाए। उनले यो घटनालाई “सरकारको गैरजिम्मेवारीको परिणाम” भन्दै कडा आलोचना गरे।

वीर अस्पतालमा पीडित परिवारको अवस्था दयनीय रहेको उल्लेख गर्दै महरले घटनापछि सरकारले देखाएको सक्रियतालाई “स्टन्टबाजी” को संज्ञा दिए। उनले भने, “रातभरि गृहमन्त्री अस्पतालमा बस्नुभयो भनेर प्रचार गरियो। जनताको पीडामा सहानुभूति होइन, प्रचारबाजी गरियो। सरकारले स्टन्ट गर्ने बानी अब बन्द गर्नुपर्छ।”

त्यसपछि महरले सरकारमाथि झन् कडा प्रहार गर्दै भने, “यो घटनाको मुख्य जिम्मेवार सरकार हो। यो हत्याको जिम्मेवार बालेन सरकार हो। यो सरकार जनतालाई बचाउने होइन, जनतालाई मृत्युतर्फ धकेल्ने काम गरिरहेको छ। म यो सरकार मुर्दावाद भन्न चाहन्छु।”

महरको अभिव्यक्तिपछि केहीबेर प्रतिनिधिसभाको बैठक तनावपूर्ण बनेको थियो। गणेश नेपालीको मृत्युको घटनालाई लिएर प्रतिपक्षले सरकारमाथि राजनीतिक दबाब बढाइरहेका बेला संसद्मै सरकारविरुद्ध चर्को विरोध र नाराबाजी भएको हो।

प्रकाशित मिति : २०८३, २५ असार शुक्रबार  ४ : ०२ बजे

सरकारले गणेशलाई आत्मदाह गर्न बाध्य बनायो : अध्यक्ष भीमज्वाला

काठमाडौं । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले राइडसेयर श्रमिक गणेश

आत्मदाह प्रकरणले हल्लायो सरकार : डीआईजी नेतृत्वमा छानबिन समिति, ३ महानगर प्रहरी नियन्त्रणमा

काठमाडौं । गणेश नेपालीको आत्मदाह र उपचारका क्रममा भएको मृत्युले

गणेश नेपालीको मृत्युले तात्यो संसद्, ‘सरकार मुर्दावाद’ भन्दै ऐन महरको बालेन सरकारमाथि आक्रमण

काठमाडौं । राइडर गणेश नेपालीको उपचारका क्रममा भएको निधनको विषयलाई

गणेश नेपालीको मृत्युमा एमालेको प्रश्न‘श्रमिक बाँच्न नपाउने यही हो सरकारको सुशासन ?’

काठमाडौं । नेकपा (एमाले)ले राइडर गणेश नेपालीको उपचारका क्रममा भएको

गणेश नेपालीको मृत्युपछि माइतीघरमा प्रदर्शन

काठमाडौं । त्रिपुरेश्वरमा आत्मदाहको प्रयास गरेका मुगुका २५ वर्षीय गणेश