२०८३, ८ भाद्र मंगलबार

औषधि र उद्योगका लागि गाँजा खेती खुला, गण्डकी प्रदेशसभाबाट विधेयक सर्वसम्मत पारित

औषधि र उद्योगका लागि गाँजा खेती खुला, गण्डकी प्रदेशसभाबाट विधेयक सर्वसम्मत पारित


पोखरा । गण्डकी प्रदेशले औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई कानुनी रूपमा नियमन गर्ने ऐतिहासिक कदम चालेको छ। प्रदेशसभाले ‘गाँजाखेतीलाई नियमन र व्यवस्थापन गर्न बनेको विधेयक’ सर्वसम्मत रूपमा पारित गर्दै निश्चित मापदण्डभित्र गाँजा खेतीको बाटो खुला गरेको हो।

शुक्रबार बसेको प्रदेशसभा बैठकमा सभामुख कृष्णप्रसाद धितालले विधेयक सर्वसम्मत रूपमा पारित भएको घोषणा गरेका हुन्। यसअघि उद्योग तथा पर्यटनमन्त्री यशोदा रिमालले विधेयक छलफलका लागि प्रस्तुत गरेकी थिइन्। छलफलमा प्रदेशसभा सदस्यहरू अशोक श्रेष्ठ, गणेशमान गुरुङ, सुशीला सिम्खडा र बिन्दु पौडेलले आफ्ना धारणा राखेका थिए।

पारित विधेयकअनुसार अब सरकारले तोकेका क्षेत्रभित्र मात्रै औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेती गर्न पाइनेछ। खेती गर्न चाहने व्यक्ति वा संस्थाले अनिवार्य रूपमा सरकारी अनुमति लिनुपर्ने व्यवस्था गरिएको छ।

विधेयकले गाँजाको बोटमा रहेको टीएचसीको मात्रा ०.३ प्रतिशतभन्दा कम हुनुपर्ने स्पष्ट मापदण्ड तोकेको छ। साथै, गाँजा कटान वा बिक्रीअघि अनिवार्य रूपमा रासायनिक परीक्षण गर्नुपर्ने कानुनी व्यवस्था पनि गरिएको छ।

प्रदेश सरकारले यस व्यवस्थामार्फत औषधि उत्पादन, औद्योगिक कच्चापदार्थको विकास, कृषि क्षेत्रमा नयाँ सम्भावना र किसानको आम्दानी वृद्धि गर्ने लक्ष्य लिएको जनाएको छ।

प्रकाशित मिति : २०८३, २५ असार शुक्रबार  ९ : ५१ बजे

वागमती प्रदेश सभामा आज दिउँसो किरण थापाले लिदै विश्वासको मत

काठमाडौँ, ९ भदौ । वागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले आज

राप्रपामा कारबाहीको पत्रमै प्रश्न, कमल थापाले उठाए निर्णय प्रक्रियामाथि गम्भीर शंका

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)भित्र बागमती प्रदेशबाट सुरु भएको

५३ ब्रान्ड, २०० भन्दा बढी स्टल : भृकुटीमण्डपमा सुरु भयो नाडा अटो शो

काठमाडौं । नेपालको अटोमोबाइल बजारमा नयाँ प्रविधि, विद्युतीय सवारीसाधन र

संसद्को रेकर्डबाट इन्दिरा राना र रामबहादुर थापाका शब्द हटाइए

काठमाडौं । प्रतिनिधिसभाको अभिलेखबाट सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद

कांग्रेस महाधिवेशन रोक्न देउवा–खड्का सर्वोच्चमा, छुट्टाछुट्टै रिट

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्रको विवाद अदालत