२०८३, ७ भाद्र सोमबार

ट्रम्पको घोषणा ‘इरानसँगको सम्झौता सकियो’, तेहरानको चेतावनी ‘जुनसुकै कदम चाल्न तयार’

ट्रम्पको घोषणा ‘इरानसँगको सम्झौता सकियो’, तेहरानको चेतावनी ‘जुनसुकै कदम चाल्न तयार’


काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग भएको शान्ति सम्बन्धी समझदारी अब व्यवहारतः समाप्त भएको बताएका छन्। टर्कीमा आयोजित नाटो शिखर सम्मेलनका क्रममा उनले इरानसँग थप वार्ता गर्नु ‘समयको बर्बादी’ भएको टिप्पणी गर्दै वासिङ्टन अब कूटनीतिक प्रयासभन्दा आफ्ना रणनीतिक प्राथमिकतामा केन्द्रित हुने संकेत दिएका छन्।

ट्रम्पको यो अभिव्यक्ति इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले अमेरिकाले इरानमाथि गरेको आक्रमणको प्रतिशोधस्वरूप बहराइन र कुवेतस्थित अमेरिकी सैन्य लक्ष्यमा हमला गरेको दाबी गरेलगत्तै आएको हो।

ट्रम्पले इरानमाथि स्ट्रेट अफ हर्मुज क्षेत्रमा व्यावसायिक जहाजलाई निसाना बनाएर युद्धविराम उल्लंघन गरेको आरोप लगाउँदै तेहरानलाई ‘धोकेबाज खेलाडी’ र ‘दुष्ट शासन’को संज्ञा दिए। उनले इरानको वर्तमान शासनलाई ‘सुरुमै रोक्नुपर्ने खतरा’समेत बताएका छन्।

उता, इरानका विदेशमन्त्री अब्बास अराघचीले भने सम्झौता अमेरिकाले नै तोडेको आरोप लगाएका छन्। उनले अमेरिकी हवाई आक्रमण, इरानी तेलमाथिको नयाँ प्रतिबन्ध तथा क्षेत्रीय तनावका कारण सम्झौताको आधार नै ध्वस्त भएको दाबी गरे।

अराघचीले इरान आफ्नो राष्ट्रिय सुरक्षा, सम्प्रभुता र क्षेत्रीय अखण्डताको रक्षाका लागि आवश्यक परे जुनसुकै कदम चाल्न पछि नपर्ने चेतावनी दिए। साथै, खाडी क्षेत्रमा रहेका अमेरिकी सैन्य अड्डाबाट इरानमाथि कुनै पनि आक्रमण भए त्यसको स्रोतलाई नै प्रत्यक्ष निशाना बनाइने चेतावनीसमेत दिएका छन्।

यसअघि अमेरिकी सेन्टकमले इरानका ८० भन्दा बढी सैन्य ठिकानामा हमला गरेको जनाएको थियो। त्यसको प्रतिकारस्वरूप इरानले बहराइनस्थित अमेरिकी सैन्य अड्डामाथि आक्रमण गरेको दाबी गरेको छ।

ट्रम्प र तेहरानबाट आएका पछिल्ला अभिव्यक्तिले अमेरिका–इरान सम्बन्ध फेरि एकपटक गम्भीर तनावतर्फ उन्मुख भएको संकेत दिएका छन्।

प्रकाशित मिति : २०८३, २३ असार बुधबार  ३ : १३ बजे

संसद्को रेकर्डबाट इन्दिरा राना र रामबहादुर थापाका शब्द हटाइए

काठमाडौं । प्रतिनिधिसभाको अभिलेखबाट सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद

कांग्रेस महाधिवेशन रोक्न देउवा–खड्का सर्वोच्चमा, छुट्टाछुट्टै रिट

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्रको विवाद अदालत

सामाजिक सञ्जालले घरभित्रै दूरी बढायो’ : बालबालिकाका लागि सीमा तोक्न एमालेको माग

काठमाडौं । नेकपा एमालेले बालबालिकाको सामाजिक सञ्जाल प्रयोगलाई नियमन गर्न

कोशीमा कार्की सरकारलाई बलियो साथ, ५७ सांसदले दिए विश्वासको मत

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेशसभामा आफ्नो

लुम्बिनीमा फेरियो सत्ता समीकरणको तस्बिर, नेकपाबाट तीन मन्त्री थपिँदै

बुटवल । लुम्बिनी प्रदेश सरकारमा सत्ता साझेदारीको सहमतिले आकार लिन