२०८३, २३ असार बुधबार

पद्मा अर्यालको प्रश्न -“रास्वपा वासिङ मेसिन हो? त्यहाँ पुगेपछि सबै चोखा हुने ?”

पद्मा अर्यालको प्रश्न -“रास्वपा वासिङ मेसिन हो? त्यहाँ पुगेपछि सबै चोखा हुने ?”


काठमाडौं । नेकपा एमालेकी संसदीय दलकी उपनेता पद्मा अर्याल ले सरकारले सुशासनको आवरणमा राजनीतिक प्रतिशोधको अभियान चलाएको आरोप लगाएकी छन्।

प्रतिनिधिसभामा बोल्दै अर्यालले सरकारको सय दिनको सबैभन्दा ठूलो ‘उपलब्धि’ नै पूर्वप्रधानमन्त्री केपी शर्मा ओली लगायत विपक्षी नेताहरूलाई पक्राउ गरेर म्याद थप्ने र अन्ततः छाड्ने नाटक भएको टिप्पणी गरिन्।

उनले सामाजिक सञ्जालमार्फत अफवाह फैलाएर विपक्षीमाथि झुटा मुद्दा खडा गर्ने, पक्राउ गर्ने र राजनीतिक रूपमा कमजोर बनाउने योजनाबद्ध प्रयास भइरहेको आरोप लगाइन्। “पहिला थुन्ने, पछि सुन्ने” सरकारको शैलीले कानुनी शासन होइन, अधिनायकवादी सोच उजागर गरेको उनको भनाइ थियो।

अर्यालले अख्तियार हुँदाहुँदै छुट्टै छानबिन आयोग गठन गर्नु र मन्त्री तथा सांसदलाई त्यसको दायराबाहिर राख्नुले सुशासनको नाममा भइरहेको ‘तमासा’ र सरकारको नियत दुवै प्रस्ट भएको दाबी गरिन्।

रास्वपाप्रति कटाक्ष गर्दै उनले प्रश्न गरिन्, “रास्वपा वासिङ मेसिन हो? त्यहाँ पुगेपछि सबै चोखा हुने? यदि त्यस्तै हो भने भोलि त्यसको मूल्य देशले चुकाउनुपर्ने अवस्था आउन सक्छ।”

प्रकाशित मिति : २०८३, २३ असार बुधबार  २ : ५७ बजे

ट्रम्पको घोषणा ‘इरानसँगको सम्झौता सकियो’, तेहरानको चेतावनी ‘जुनसुकै कदम चाल्न तयार’

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग भएको शान्ति सम्बन्धी

पद्मा अर्यालको प्रश्न -“रास्वपा वासिङ मेसिन हो? त्यहाँ पुगेपछि सबै चोखा हुने ?”

काठमाडौं । नेकपा एमालेकी संसदीय दलकी उपनेता पद्मा अर्याल ले

नेपाल बैंकका ग्राहकलाई ॐ समाज डेन्टल हस्पिटलमा २५ प्रतिशतसम्म छुट

काठमाडौं । नेपाल बैंक लिमिटेडले आफ्ना ग्राहक तथा कर्मचारीका लागि

एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६’ का लागि स्टल बाँडफाँट सम्पन्न, अटो बजार फेरि उत्साहित

काठमाडौं । नेपालको अटोमोबाइल क्षेत्रको सबैभन्दा ठूलो र प्रतिष्ठित प्रदर्शनी

होर्मुजमा तनाव चुलियो : अमेरिकाद्वारा इरानका ८० भन्दा बढी सैन्य संरचनामाथि आक्रमण

काठमाडौं । अमेरिकी सेनाको केन्द्रीय कमाण्ड (सेन्टकम) ले इरानका ८०