काठमाडौं । नेपाली कांग्रेसभित्रको आन्तरिक असन्तुष्टि अब खुला राजनीतिक चुनौतीमा रूपान्तरण हुन थालेको छ। संस्थापन नेतृत्वसँग सहमतिको ढोका लगभग बन्द भएको निष्कर्ष निकाल्दै इतर पक्षले चुनदेवीमा छुट्टै रणनीतिक बैठक बसेर नयाँ राजनीतिक कदमको तयारी थालेको हो।
नेता पूर्णबहादुर खड्काको नेतृत्वमा भइरहेको बैठकमा कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि, शशांक कोइराला, प्रकाशमान सिंह र डा. प्रकाशशरण महतलगायत प्रभावशाली नेताहरू सहभागी छन्। बैठकमा राष्ट्रिय भेला घोषणा गर्ने, आगामी महाधिवेशनको रणनीति तय गर्ने तथा संस्थापनको कार्यशैलीविरुद्ध साझा धारणा बनाउने विषयमा छलफल भइरहेको बताइएको छ।
इतर पक्षले सातै प्रदेशमा भेला सम्पन्न गरिसकेको छ। ती भेलाबाट प्राप्त निष्कर्षले संस्थापनसँग सम्मानजनक सहमति हुने सम्भावना कमजोर रहेको देखिएपछि अब समानान्तर राजनीतिक दबाब सिर्जना गर्ने तयारीमा नेताहरू जुटेका छन्।
यसले कांग्रेसभित्रको शक्ति संघर्ष अब आन्तरिक असन्तुष्टिमा मात्र सीमित नरही नेतृत्व र संगठनको भविष्य निर्धारण गर्ने निर्णायक मोडमा पुगेको संकेत दिएको छ।







प्रतिक्रिया