२०८३, ७ भाद्र सोमबार

सांसदका गतिविधि अब डिजिटल निगरानीमा, रास्वपाले ल्यायो ‘पल्स आरएसपी’ प्रणाली

सांसदका गतिविधि अब डिजिटल निगरानीमा, रास्वपाले ल्यायो ‘पल्स आरएसपी’ प्रणाली


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसदका संसदीय गतिविधि, निर्वाचन क्षेत्रका कार्यक्रम तथा नागरिकका गुनासा व्यवस्थित रूपमा अभिलेखीकरण र व्यवस्थापन गर्न ‘पल्स आरएसपी’ नामक डिजिटल प्लेटफर्म सञ्चालनमा ल्याएको छ।

पार्टीलाई प्रविधिमैत्री र डिजिटल प्रणालीमा रूपान्तरण गर्ने अभियानअन्तर्गत उक्त प्लेटफर्म विकास गरिएको रास्वपाले जनाएको छ। प्रणालीमार्फत सांसदका दैनिक गतिविधिलाई व्यवस्थित, पारदर्शी र अभिलेखयोग्य बनाउने लक्ष्य राखिएको छ।

रास्वपाका प्रमुख सचेतक कवीन्द्र बुर्लाकोटीका अनुसार प्रतिनिधिसभा सदस्यहरूलाई प्रणाली सञ्चालन र साइबर सुरक्षासम्बन्धी जानकारी गराउने उद्देश्यले शुक्रबार बिहान सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा अभिमुखीकरण बैठक आयोजना गरिएको थियो।

नयाँ प्रणाली लागू भएसँगै प्रत्येक सांसदले संसद् बैठक सम्पन्न भएपछि आफ्ना गतिविधि अनिवार्य रूपमा ‘पल्स आरएसपी’मा अद्यावधिक गर्नुपर्ने व्यवस्था गरिएको छ। संसद्मा उठाउने विषयवस्तु, निर्वाचन क्षेत्रमा भएका भ्रमण, नागरिकसँगको भेटघाट, जनगुनासाका विवरण तथा आगामी कार्यक्रमसमेत सोही प्रणालीमा अभिलेख राख्नुपर्नेछ।

यस्तै, सांसदहरूबीच भेटघाटका लागि समय व्यवस्थापन, आन्तरिक समन्वय र कार्यतालिका मिलाउने सुविधा पनि उक्त डिजिटल प्लेटफर्ममार्फत उपलब्ध हुने जनाइएको छ।

रास्वपाले यस प्रणालीले सांसदहरूको कार्यसम्पादनलाई थप व्यवस्थित, जवाफदेही र प्रभावकारी बनाउनुका साथै नागरिकसँगको सम्पर्क र गुनासा व्यवस्थापनलाई पनि सहज बनाउने विश्वास व्यक्त गरेको छ।

प्रकाशित मिति : २०८३, १८ असार शुक्रबार  ८ : ११ बजे

संसद्को रेकर्डबाट इन्दिरा राना र रामबहादुर थापाका शब्द हटाइए

काठमाडौं । प्रतिनिधिसभाको अभिलेखबाट सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद

कांग्रेस महाधिवेशन रोक्न देउवा–खड्का सर्वोच्चमा, छुट्टाछुट्टै रिट

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्रको विवाद अदालत

सामाजिक सञ्जालले घरभित्रै दूरी बढायो’ : बालबालिकाका लागि सीमा तोक्न एमालेको माग

काठमाडौं । नेकपा एमालेले बालबालिकाको सामाजिक सञ्जाल प्रयोगलाई नियमन गर्न

कोशीमा कार्की सरकारलाई बलियो साथ, ५७ सांसदले दिए विश्वासको मत

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेशसभामा आफ्नो

लुम्बिनीमा फेरियो सत्ता समीकरणको तस्बिर, नेकपाबाट तीन मन्त्री थपिँदै

बुटवल । लुम्बिनी प्रदेश सरकारमा सत्ता साझेदारीको सहमतिले आकार लिन