२०८३, १० कार्तिक मंगलबार

सांसदका गतिविधि अब डिजिटल निगरानीमा, रास्वपाले ल्यायो ‘पल्स आरएसपी’ प्रणाली

सांसदका गतिविधि अब डिजिटल निगरानीमा, रास्वपाले ल्यायो ‘पल्स आरएसपी’ प्रणाली


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसदका संसदीय गतिविधि, निर्वाचन क्षेत्रका कार्यक्रम तथा नागरिकका गुनासा व्यवस्थित रूपमा अभिलेखीकरण र व्यवस्थापन गर्न ‘पल्स आरएसपी’ नामक डिजिटल प्लेटफर्म सञ्चालनमा ल्याएको छ।

पार्टीलाई प्रविधिमैत्री र डिजिटल प्रणालीमा रूपान्तरण गर्ने अभियानअन्तर्गत उक्त प्लेटफर्म विकास गरिएको रास्वपाले जनाएको छ। प्रणालीमार्फत सांसदका दैनिक गतिविधिलाई व्यवस्थित, पारदर्शी र अभिलेखयोग्य बनाउने लक्ष्य राखिएको छ।

रास्वपाका प्रमुख सचेतक कवीन्द्र बुर्लाकोटीका अनुसार प्रतिनिधिसभा सदस्यहरूलाई प्रणाली सञ्चालन र साइबर सुरक्षासम्बन्धी जानकारी गराउने उद्देश्यले शुक्रबार बिहान सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा अभिमुखीकरण बैठक आयोजना गरिएको थियो।

नयाँ प्रणाली लागू भएसँगै प्रत्येक सांसदले संसद् बैठक सम्पन्न भएपछि आफ्ना गतिविधि अनिवार्य रूपमा ‘पल्स आरएसपी’मा अद्यावधिक गर्नुपर्ने व्यवस्था गरिएको छ। संसद्मा उठाउने विषयवस्तु, निर्वाचन क्षेत्रमा भएका भ्रमण, नागरिकसँगको भेटघाट, जनगुनासाका विवरण तथा आगामी कार्यक्रमसमेत सोही प्रणालीमा अभिलेख राख्नुपर्नेछ।

यस्तै, सांसदहरूबीच भेटघाटका लागि समय व्यवस्थापन, आन्तरिक समन्वय र कार्यतालिका मिलाउने सुविधा पनि उक्त डिजिटल प्लेटफर्ममार्फत उपलब्ध हुने जनाइएको छ।

रास्वपाले यस प्रणालीले सांसदहरूको कार्यसम्पादनलाई थप व्यवस्थित, जवाफदेही र प्रभावकारी बनाउनुका साथै नागरिकसँगको सम्पर्क र गुनासा व्यवस्थापनलाई पनि सहज बनाउने विश्वास व्यक्त गरेको छ।

प्रकाशित मिति : २०८३, १८ असार शुक्रबार  ८ : ११ बजे

इजरायलमा सत्ताको महासंग्राम, नेतान्याहुको भविष्य मतदाताको हातमा

काठमाडौं । युद्ध, सुरक्षा विफलता र चर्को राजनीतिक विवादको घेरामा

आजको मौसम : तीन प्रदेशमा आंशिक बदली, राति देशभर बादल

काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावका कारण आज देशका विभिन्न

चिनियाँ भाषामा अनूदित ६ वटा नेपाली पुस्तक चीनमा लोकार्पण

काठमाडौं । नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय बजारमा पु¥याउने सरकारी पहलअन्तर्गत चिनियाँ

बाढी र पहिरोका कारण गण्डकी र कर्णाली प्रदेशका मुख्य राजमार्गहरूमा अवरोध  

काठमाडौं । नेपाल प्रहरीले विपद्का कारण देशका मुख्य राजमार्गहरूमा भएको

२४ घण्टामा ६५२ सवारी चालक ट्राफिक प्रहरीको कारबाहीमा

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६५२ जना