२०८३, १६ असार बुधबार

रास्वपाका नवनिर्वाचित केन्द्रीय सदस्यको शपथ आज, नाम सच्याएपछि विवाद कायम

रास्वपाका नवनिर्वाचित केन्द्रीय सदस्यको शपथ आज, नाम सच्याएपछि विवाद कायम


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित केन्द्रीय सदस्यहरूको शपथ ग्रहण आज हुने भएको छ।

रास्वपाका अनुसार बिहान ११ बजे पार्टीको वनस्थलीस्थित केन्द्रीय कार्यालयमा नवनिर्वाचित केन्द्रीय सदस्यहरूलाई शपथ गराइने कार्यक्रम तय गरिएको छ।

रास्वपाको पहिलो महाधिवेशन असार ७ गते सुरु भएको थियो। तीन दिनमै सम्पन्न गर्ने तयारी रहे पनि सहमतिको प्रयासका कारण महाधिवेशन छ दिनसम्म लम्बिएको थियो। महाधिवेशनबाट ९९ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन् भने बाँकी ५१ जना केन्द्रीय सदस्य सभापतिले मनोनीत गर्ने व्यवस्था रहेको छ।

यसबीच, रास्वपाले सार्वजनिक गरेको ९९ सदस्यीय सूचीमा दुई जनाको नाम सच्याउँदै उनीहरूको स्थानमा नयाँ दुई जनालाई समावेश गरेपछि पार्टीभित्र विवाद उत्पन्न भएको छ। नाम सच्याउने निर्णयको विषयलाई लिएर असन्तुष्टि सार्वजनिक भइरहेका बेला आजको शपथ ग्रहण कार्यक्रमलाई चासोका साथ हेरिएको छ।

प्रकाशित मिति : २०८३, १६ असार बुधबार  ७ : ५३ बजे

बँदेल रोक्न राखिएको करेन्ट उल्टै श्रीमतीका लागि बन्यो मृत्युको पासो

गुल्मी। गुल्मीको धुर्कोट गाउँपालिका–५ मन्टारीमा बँदेल नियन्त्रण गर्न बारीमा प्रवाह

महँगीबीच राहतः पेट्रोल, डिजेल र ग्यासको मूल्य घट्यो, हेर्नुहोस् नयाँ दर

काठमाडौं । लगातार बढ्दो महँगीका बीच नेपाल आयल निगमले पेट्रोलियम

रास्वपाका नवनिर्वाचित केन्द्रीय सदस्यको शपथ आज, नाम सच्याएपछि विवाद कायम

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित केन्द्रीय सदस्यहरूको

रुकुमपूर्वमा जिप दुर्घटना, ६ महिने शिशुसहित ५ जना घाइते

रुकुमपूर्व । रुकुमपूर्वको सिस्ने गाउँपालिका–४ झाँक्रीपोलेस्थित रुकुमकोट–दादिङ भित्री सडकखण्डमा सोमबार

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं । देशभर मनसुनी वायु सक्रिय रहेकाले आज अधिकांश स्थानमा