२०८२, १४ माघ बुधबार

राष्ट्रिय समृद्धि र भोजपुरको निर्णायक विकासका लागि मेरो उम्मेदवारी : शेरधन राई

राष्ट्रिय समृद्धि र भोजपुरको निर्णायक विकासका लागि मेरो उम्मेदवारी : शेरधन राई


भोजपुर । नेकपा एमालेका सचिव तथा भोजपुरका प्रतिनिधिसभा सदस्य उम्मेदवार शेरधन राईले संविधानको रक्षा, राष्ट्रिय एकता र मुलुकको समृद्धिका लागि आफू पुनः जनताको माझ उम्मेदवार बनेको स्पष्ट पारेका छन्।

मतदातासँगको प्रत्यक्ष भेटघाट तथा भिडियो सन्देशमार्फत राईले भोजपुरवासी जनताको आवश्यकता, अधिकार र अपेक्षालाई संसदमा बलियो रूपमा उठाउन आफ्नो उम्मेदवारी अपरिहार्य भएको बताएका छन्। उनले विगतको कार्यकालमा भोजपुरको विकासका लागि ठोस र देखिने काम भएको दाबी गर्दै दर्जनौँ योजना सफलतापूर्वक सम्पन्न भएको र महत्वपूर्ण योजनाहरू तीव्र गतिमा कार्यान्वयनको चरणमा रहेको जानकारी दिए।

“विकासका कामलाई अधुरो छाड्ने होइन, पूर्णतामा पुर्‍याउने मेरो स्पष्ट प्रतिबद्धता हो,” भन्दै राईले भोजपुरलाई पछाडि पार्ने कुनै पनि प्रवृत्तिविरुद्ध दृढतापूर्वक उभिने बताए। उनले संविधान, लोकतन्त्र र जनताको अधिकारमाथि आँच आउन नदिने र स्थायित्वसहितको विकासका लागि संसदमा मजबुत भूमिका खेल्ने अठोट व्यक्त गरे।

राईले आगामी दिनमा भोजपुरलाई समृद्ध, आत्मनिर्भर र विकासको अग्रपंक्तिमा पुर्‍याउने लक्ष्यका साथ जनताको विश्वास र समर्थन मागेका छन्।

प्रकाशित मिति : २०८२, १४ माघ बुधबार  १ : १५ बजे

संघर्ष, निष्ठा र नेतृत्वको जनमुखी नेता हुनु चक्रप्रसाद स्नेही

डडेल्धुरा, सुदूरपश्चिम, सुनसान पहाड र नदीले घेरिएको यो ऐतिहासिक जिल्ला

पाँच वाणिज्य बैंकको वित्तीय विवरण सार्वजनिक, दुईको नाफा बढ्दा तीन बैंक दबाबमा

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमास (साउन–पुस)

राष्ट्रिय समृद्धि र भोजपुरको निर्णायक विकासका लागि मेरो उम्मेदवारी : शेरधन राई

भोजपुर । नेकपा एमालेका सचिव तथा भोजपुरका प्रतिनिधिसभा सदस्य उम्मेदवार

एमाले मकवानपुर चुनावी मोर्चामा

हेटौँडा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई निर्णायक

निर्वाचन आचारसंहिता लागू गराउन देशभरका पालिका र जिससलाई सर्कुलर

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निर्वाचन आचारसंहिता,