२०८२, १६ चैत्र मंगलबार

राष्ट्रिय समृद्धि र भोजपुरको निर्णायक विकासका लागि मेरो उम्मेदवारी : शेरधन राई

राष्ट्रिय समृद्धि र भोजपुरको निर्णायक विकासका लागि मेरो उम्मेदवारी : शेरधन राई


भोजपुर । नेकपा एमालेका सचिव तथा भोजपुरका प्रतिनिधिसभा सदस्य उम्मेदवार शेरधन राईले संविधानको रक्षा, राष्ट्रिय एकता र मुलुकको समृद्धिका लागि आफू पुनः जनताको माझ उम्मेदवार बनेको स्पष्ट पारेका छन्।

मतदातासँगको प्रत्यक्ष भेटघाट तथा भिडियो सन्देशमार्फत राईले भोजपुरवासी जनताको आवश्यकता, अधिकार र अपेक्षालाई संसदमा बलियो रूपमा उठाउन आफ्नो उम्मेदवारी अपरिहार्य भएको बताएका छन्। उनले विगतको कार्यकालमा भोजपुरको विकासका लागि ठोस र देखिने काम भएको दाबी गर्दै दर्जनौँ योजना सफलतापूर्वक सम्पन्न भएको र महत्वपूर्ण योजनाहरू तीव्र गतिमा कार्यान्वयनको चरणमा रहेको जानकारी दिए।

“विकासका कामलाई अधुरो छाड्ने होइन, पूर्णतामा पुर्‍याउने मेरो स्पष्ट प्रतिबद्धता हो,” भन्दै राईले भोजपुरलाई पछाडि पार्ने कुनै पनि प्रवृत्तिविरुद्ध दृढतापूर्वक उभिने बताए। उनले संविधान, लोकतन्त्र र जनताको अधिकारमाथि आँच आउन नदिने र स्थायित्वसहितको विकासका लागि संसदमा मजबुत भूमिका खेल्ने अठोट व्यक्त गरे।

राईले आगामी दिनमा भोजपुरलाई समृद्ध, आत्मनिर्भर र विकासको अग्रपंक्तिमा पुर्‍याउने लक्ष्यका साथ जनताको विश्वास र समर्थन मागेका छन्।

प्रकाशित मिति : २०८२, १५ माघ बुधबार  १ : १५ बजे

अर्थमन्त्री वाग्ले-फरक बजेट ल्याउँछौं, उदार अर्थतन्त्र प्रोत्साहन गर्छौं

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले विगतको भन्दा फरक

काठमाडौंमा आजका तरकारी-फलफूलको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका

काठमाडौंका पूर्व सीडीओ छवि रिजाल पक्राउ

काठमाडौं। काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन्।

दक्षिण लेबनानमा शान्ति सैनिकमाथि आक्रमण, दुईको मृत्यु

काठमाडौं । दक्षिण लेबनानमा (युनिफिल) का शान्ति सैनिकमाथि भएको आक्रमणमा

दुबई नजिक कुवेती तेल ट्यांकरमा ड्रोन आक्रमण, अन्तर्राष्ट्रिय बजारमा असर

दुबई । संयुक्त अरब इमिरेट्सको दुबई बन्दरगाह नजिक कुवेतको एक