२०८३, ११ कार्तिक बुधबार

विकासको ट्र्याक रेकर्ड देखाउँदै एमाले उपाध्यक्ष पौडेल मैदानमा

विकासको ट्र्याक रेकर्ड देखाउँदै एमाले उपाध्यक्ष पौडेल मैदानमा


रुपन्देही । नेकपा एमाले रुपन्देही निर्वाचन क्षेत्र नं. २ को निर्वाचन परिचालन कमिटी घोषणा गरिएको छ।

शुक्रबार बुटवलमा आयोजित कार्यक्रममा क्षेत्रीय अध्यक्ष ऋषि पाण्डेको अध्यक्षतामा निर्वाचन परिचालन कमिटी घोषणा गर्दै कार्यालय उद्घाटन गरिएको हो।

सो अवसरमा नेकपा एमालेका उपाध्यक्ष तथा रुपन्देही क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार विष्णु पौडेलले आगामी दिनमा भौतिक विकाससँगै सामाजिक तथा मानवीय विकास, शिक्षा, स्वास्थ्य र रोजगारीलाई प्राथमिकतामा राखेर काम गर्ने स्पष्ट पार्नुभयो।

उहाँले रुपन्देहीमा भएको भौतिक विकास धेरैका लागि सिकाइको थलो बनेको उल्लेख गर्दै अब नागरिकको आयस्तर वृद्धि र जीवनस्तर उकास्ने खालका योजनामा केन्द्रित हुने प्रतिबद्धता व्यक्त गर्नुभयो।

‘भौतिक विकाससँगै अब मानवीय विकासलाई अगाडि बढाउन आवश्यक छ,’ पौडेलले भन्नुभयो, ‘रोजगारी सिर्जना, जीवनस्तर उकास्ने योजना र समृद्ध रुपन्देही निर्माण मेरो मुख्य लक्ष्य हो।’

त्यस्तै उहाँले आफूलाई मत नदिनुपर्ने कुनै कारण नरहेको उल्लेख गर्दै मतदातासमक्ष विगतमा गरेका कामको निष्पक्ष मूल्याङ्कन गरेर मत दिन आग्रह गर्नुभयो।

प्रकाशित मिति : २०८२, १० माघ शुक्रबार  ७ : ३५ बजे

आईजीपी कार्कीले दिए चाडपर्व सुरक्षा निर्देशन, संगठनभित्रका गतिविधिप्रति पनि जनाए असन्तुष्टि

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले देशभरका प्रहरी कार्यालय

नयाँ प्रविधि : नेपाली कम्युनिस्ट आन्दोलन

विश्व कम्युनिस्ट आन्दोलन इतिहासको एउटा निर्णायक मोडमा उभिएको छ। सन्

स्वस्तिमाको ‘मायालाई के दिऊँ म बैना’ले बनायो ५ करोड भ्युजको रेकर्ड

काठमाडौं । फिल्म ‘लालीबजार’को लोकप्रिय गीत ‘मायालाई के दिऊँ म

ओलीको आक्रामक अभिव्यक्ति : ‘स्वाधीनता खण्डित भयो’, एमालेले आन्दोलन गर्ने

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशको स्वतन्त्रता

मलेसिया रोजगारी ठप्प, सरकार वार्तामा अल्झियो; २५ म्यानपावरमाथि अनुसन्धान

काठमाडौं । मलेसियाको रोजगारी संकट गहिरिँदा हजारौँ नेपाली श्रमिक अन्योलमा