२०८३, ११ कार्तिक बुधबार

बालेनको राजीनामा अन्तिम क्षणमा ‘होल्ड’

बालेनको राजीनामा अन्तिम क्षणमा ‘होल्ड’


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले बुझाउन लागेको राजीनामा अन्तिम घडीमा रोकिएको छ। आजै राजीनामा दिने तयारीमा रहेका बालेनले राजनीतिक र कानुनी अनिश्चितताका बीच अचानक निर्णय फेरेका हुन्।

निकट स्रोतहरूका अनुसार राजीनामा पत्र तयार भइसकेको थियो। तर उम्मेदवारी दर्ता गरेपछि स्वतः पद खारेज हुने कानुनी प्रावधान, अदालतमा परेको मुद्दा र चुनाव सर्ने सम्भावनाले बालेनलाई ‘ब्रेक’ लगाउन बाध्य बनाएको छ।

“अहिले नै राजीनामा दिनु जोखिमपूर्ण हुन सक्छ,” बालेन निकट एक नेताले भने, “कांग्रेस अदालत गएको छ, त्यहाँ केही मोड आउन सक्छ। यही अनिश्चितताले अन्तिम समयसम्म राजीनामा होल्ड गरिएको हो।”

मेयर पदबाट राजीनामा नदिई बालेन केहीबेरमा रास्वपाको केन्द्रीय कार्यालय घण्टीघर पुग्दैछन्। उनी झापा–५ बाट प्रतिनिधिसभा चुनाव लड्ने तयारीमा छन्। निर्वाचन आयोगले माघ ६ गते उम्मेदवारी दर्ताको समय तोकेको छ।

यसैबीच रास्वपामा राजनीतिक हलचल तीव्र बनेको छ। आजै दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा केन्द्रीय समिति बैठक बस्दैछ। बैठकअघि बालेन शाह दिउँसो १ बजे पार्टी कार्यालय पुग्ने कार्यक्रम छ।

पार्टी कार्यालयमा नेता–कार्यकर्ताको भिड बढ्दो छ। सबैको नजर बालेनको निर्णयमा अडिएको छ- राजीनामा कहिले ? चुनाव लड्ने बाटो खुल्छ कि बन्द ?

पार्टी सभापति रवि लामिछानेसहित शीर्ष नेताहरू आजै जनकपुर प्रस्थान गर्दैछन्। बालेन शाह पनि साँझ ५ बजे जनकपुर जाने तय भएको छ।

प्रकाशित मिति : २०८२, ५ माघ आईतबार  १ : १० बजे

आईजीपी कार्कीले दिए चाडपर्व सुरक्षा निर्देशन, संगठनभित्रका गतिविधिप्रति पनि जनाए असन्तुष्टि

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले देशभरका प्रहरी कार्यालय

नयाँ प्रविधि : नेपाली कम्युनिस्ट आन्दोलन

विश्व कम्युनिस्ट आन्दोलन इतिहासको एउटा निर्णायक मोडमा उभिएको छ। सन्

स्वस्तिमाको ‘मायालाई के दिऊँ म बैना’ले बनायो ५ करोड भ्युजको रेकर्ड

काठमाडौं । फिल्म ‘लालीबजार’को लोकप्रिय गीत ‘मायालाई के दिऊँ म

ओलीको आक्रामक अभिव्यक्ति : ‘स्वाधीनता खण्डित भयो’, एमालेले आन्दोलन गर्ने

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशको स्वतन्त्रता

मलेसिया रोजगारी ठप्प, सरकार वार्तामा अल्झियो; २५ म्यानपावरमाथि अनुसन्धान

काठमाडौं । मलेसियाको रोजगारी संकट गहिरिँदा हजारौँ नेपाली श्रमिक अन्योलमा