२०८३, ९ असार बुधबार

रास्वपाले उम्मेदवार टुंग्याउँदै : चर्चित नेताहरुको निर्वाचन क्षेत्र फाइनल

रास्वपाले उम्मेदवार टुंग्याउँदै : चर्चित नेताहरुको निर्वाचन क्षेत्र फाइनल


काठमाडौं । प्रतिनिधिसभा चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्षतर्फ उम्मेदवारको अन्तिम सूची तयार गर्दैछ। यसपटक पार्टीले प्राइमरी इलेक्सन नगरी केन्द्रबाटै नेता छनोट गरेको छ। डा. स्वर्णिम वाग्लेको नेतृत्वमा बनेको समितिले सूची फाइनल गरिसकेको छ भने केन्द्रीय समितिको बैठकले भोलि औपचारिक घोषणा गर्ने तयारी छ।

सभापति रवि लामिछाने चितवन-२ बाट उम्मेदवारी दिने निश्चित भएको छ। भावी प्रधानमन्त्रीका दावी राख्ने वरिष्ठ नेता बालेन्द्र साह झापा-५ बाट चुनावी मैदानमा छन्। उपसभापति डीपी अर्याल काठमाडौं-९, डा. स्वर्णिम वाग्ले तनहुँ-१, महामन्त्री कविन्द्र बुर्लाकोटी गोर्खा-२ र सचिवालय सदस्य विराजभक्त श्रेष्ठ काठमाडौं-८ बाट उठ्नेछन्। काठमाडौं क्षेत्रका अन्य उम्मेदवार गणेश पराजुली (७), शिशिर खनाल (६) र सोविता गौतम चितवन-३ बाट प्रतिस्पर्धा गर्ने तयारीमा छन्।

सिराहा-३ बाट प्रवक्ता मनिष झा, कञ्चनपुर-२ बाट दिपक बोहरा र मोरङ-३ बाट गणेश कार्कीको उम्मेदवारी तय छ। केन्द्रीय सदस्य हरि ढकाल चितवन-१, डा. तोसिमा कार्की ललितपुर-३, निशा डाँगी झापा-२ र पुकार बम काठमाडौं-१ बाट चुनावी मैदानमा छन्।

रास्वपाले रुपन्देही-३ मा मात्र औपचारिक निर्णय गरिसकेको छ। पार्टीले वरिष्ठ नेता बालेन साहको कोटाबाट अन्य उम्मेदवारहरु समेत समेट्दै चुनावी तयारीलाई अन्तिम रुप दिन लागेको छ।

प्रकाशित मिति : २०८२, ४ माघ शनिबार  ७ : १५ बजे

सिन्धुलीगढी युद्ध पर्यटनः आर्थिक उपार्जनको आधार

सिन्धुली जिल्लाको सदरमुकाम रहेको कमलामाई नगरपालिका प्राकृतिक, धार्मिक, ऐतिहासिक तथा

रास्वपाको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (राष्ट्रिय स्वतन्त्र पार्टी) को सभापतिमा

रास्वपा महाधिवेशनमा ८० विद्युतीय मेसिनबाट मतदान, केन्द्रीय सदस्य चयन प्रक्रिया अघि बढ्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (राष्ट्रिय स्वतन्त्र पार्टी) को महाधिवेशनमा

मनसुन कमजोर, तराईमा तातो लहरको जोखिम

काठमाडौं । देशमा मनसुन भित्रिए पनि कमजोर अवस्थामा रहेकाले तत्काल

रास्वपा सभापतिमा रविको उम्मेदवारी, बालेन बने प्रस्तावक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदका लागि