२०८३, ११ कार्तिक बुधबार

एमाले नेताको ज्यान आज पनि जोखिममा छ : अध्यक्ष ओली

एमाले नेताको ज्यान आज पनि जोखिममा छ : अध्यक्ष ओली


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेताहरूको ज्यान आज पनि जोखिममा रहेको बताएका छन्।

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले आफूहरूलाई मुद्दा लगाउने धम्की दिइरहेको र एमाले नेताका घरमा आगजनीसमेत भइरहेकाले अवस्था अझै सहज नभएको बताए।

‘आज पनि ज्यान जोखिममा छ। अहिले मुद्दा लगाउँछु, भरे लगाउँछु भनेर धम्की दिइरहेकै छन्। खोजीखोजी घरमा आगो लगाइरहेकै छन्। अहिले सजिलो छ र?’ अध्यक्ष ओलीले भने, ‘एमाले भयो भने घरमा आगो लगाउँछु भनेका मात्रै होइनन्, आगो लगाएका छन्। अहिले पनि अवस्था सजिलो छैन।’

उनले आगो लगाउनेदेखि सरकार अपदस्त गराउनेसम्मका गतिविधि गर्नेहरू खुलेआम गर्वका साथ हिँडिरहेको आरोप लगाए।

अध्यक्ष ओलीले हिजोजस्तै आज पनि पार्टी नेतृत्वमा त्यागको भावना कायमै रहेको उल्लेख गर्दै बिना त्याग संसार परिवर्तन सम्भव नहुने धारणा राखे। ‘हिजो पनि त्याग थियो, आज पनि त्यागको भावना छ। त्यागबिना संसार बदल्न सकिँदैन,’ उनले भने।

प्रकाशित मिति : २०८२, २ माघ बिहीबार  ५ : ३८ बजे

आईजीपी कार्कीले दिए चाडपर्व सुरक्षा निर्देशन, संगठनभित्रका गतिविधिप्रति पनि जनाए असन्तुष्टि

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले देशभरका प्रहरी कार्यालय

नयाँ प्रविधि : नेपाली कम्युनिस्ट आन्दोलन

विश्व कम्युनिस्ट आन्दोलन इतिहासको एउटा निर्णायक मोडमा उभिएको छ। सन्

स्वस्तिमाको ‘मायालाई के दिऊँ म बैना’ले बनायो ५ करोड भ्युजको रेकर्ड

काठमाडौं । फिल्म ‘लालीबजार’को लोकप्रिय गीत ‘मायालाई के दिऊँ म

ओलीको आक्रामक अभिव्यक्ति : ‘स्वाधीनता खण्डित भयो’, एमालेले आन्दोलन गर्ने

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशको स्वतन्त्रता

मलेसिया रोजगारी ठप्प, सरकार वार्तामा अल्झियो; २५ म्यानपावरमाथि अनुसन्धान

काठमाडौं । मलेसियाको रोजगारी संकट गहिरिँदा हजारौँ नेपाली श्रमिक अन्योलमा