२०८३, १५ श्रावण शनिबार

गुण्डुले भन्छ, बिहानी टाढा छैन…

गुण्डुले भन्छ, बिहानी टाढा छैन…


लेखक – सबिन प्रियासन
म पहिलोपटक गुण्डु छिरेँ
दक्षिण–पूर्वका हरिया पहाडहरूले मलाई बोलाएजस्तो लाग्यो,
मानौँ कोही पुरानो साथी ढुङ्गे बाटोबाट हात फैलाएर स्वागत गरिरहेको छ
उत्तरका हिमालहरूले सेतो मुस्कान छरिदिए
मेरा आँखाभरि उज्यालो भरिदियो
अनि हावाले, सुम्सुम्याउँदै, कानेखुसी गर्दै भन्यो
“बस न यहाँ, एउटा कविता लेख”।

गाउँकोबाटो परिवर्तनका फूलले सजिएको थियो
सयपत्रीजस्ता सरल अनुहार, खुला मन र मिलनसार हाँसो
ती मनहरूको स्पर्शले मेरो यात्रामा जीवन्तता थप्यो
देश बनाउने सपनामा नयाँ जिम्मेवारीको भाव जाग्यो
मानौँ, कसैले भनिरहेकोछ, “तिम्रो यात्रा अझै बाँकी छ”।

त्यहीँ गुण्डुको न्यानो छायाँमा,
मैले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेँ
मैले सम्हालेका उपन्यासका पानाहरू उहाँको हातमा पुग्दा नयाँ अर्थले कथा बोल्यो
त्यो भेट केवल औपचारिकता थिएन;
त्यो मेरो लेखन र मेरो देशप्रेमबीचको संवाद जस्तो भयो
उहाँले भन्नुभयो “यहीँ बस, यही काखमा शब्दहरू फुलाउ” ।

त्यो आग्रह बगरमा झरेको वर्षाजस्तै मेरो मनमा भिजेर पस्यो
कविता लेख, कथा जन्माऊ
ती शब्दहरूले मेरो बिहान फेरि झिलिमिली बनायो
गुण्डुको हावा अझै फुसफुसाइरहेको छ
“फर्केर आऊ, शब्दहरूले अझै तिमीलाई कुर्दै छन् ।
यहीँबाट अर्को यात्रा सुरु हुन्छ
नयाँ रूप, नयाँ लुगा, नयाँ इतिहास तिम्रै हातबाट जन्मिन बाँकी छ
देश बनाउने अभियान सजिलो छैन
अप्ठ्यारो छ, अँध्यारो छ, चुनौतीहरू छन्
तर विश्वास अविचल छ ।
अध्यारो कहिल्यै स्थायी हुँदैन, सूर्य फेरि उदाउँछ,
उज्यालो फैलिन्छ, जीवन फेरि फुल्छ
भक्तपुरको गुण्डु –यो न्यानो छाया
यो हरियो पहाड, यो मिलनसार हाँसो
आज पनि यही सन्देश दिन्छ
बारम्बार भन्छ
“बिहानी टाढा छैन, उज्यालो आउँदैछ
शब्दहरूले अझै जीवनको बाटो देखाउने छन
इतिहास फेरि लेखिने छ
म फर्कन्छु, फर्कन्छु, नयाँ रूप, नयाँ भाव र नयाँ अभियानका साथ
फेरी गुण्डुले भन्छ “ नयाँ बिहानी टाढा छैन ” …

प्रकाशित मिति : २०८२, १ मंसिर सोमबार  ११ : १३ बजे

चाँगुनारायणमा अब घरदैलोमा आँखा उपचार,मोतियाबिन्दु शल्यक्रिया पनि निःशुल्क हुने

नबराज काफ्ले भक्तपुर, १५ श्रावण  : चाँगुनारायण नगरपालिका–२ दुवाकोट स्वास्थ्य

ब्रड पिक दुर्घटना : ६ नेपाली पर्वतारोही अझै सम्पर्कविहीन, उद्धारमा तीव्र समन्वय

काठमाडौं। पाकिस्तानको ब्रड पिक क्षेत्रमा आएको हिमपहिरोपछि सम्पर्कविहीन भएका नेपाली

गणेश यादवका परिवारलाई भेट्न आज सिरहा पुग्दै गृहमन्त्री गुरुङ, सुरक्षा अवस्थाबारे पनि लिने ब्रिफिङ

काठमाडौं। मधेश प्रदेशमा पछिल्ला दिनमा देखिएको तनावपूर्ण अवस्थाबीच गृहमन्त्री सुधन

आज राष्ट्रियसभा बैठक बस्दै, गृहमन्त्री गुरुङ र शिक्षामन्त्री पोखरेलले सांसदका प्रश्नको जवाफ दिने

काठमाडौं। संघीय संसदअन्तर्गत राष्ट्रियसभाको बैठक आज दिउँसो १ः१५ बजे बस्ने

सुनसरी घटनापछि सरकार-पीडित परिवारबीच सातबुँदे सहमति, मृतकलाई सहिद घोषणा गर्ने तयारी

काठमाडौं। सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा साउन १० गते भएको घटनामा