२०८३, १ जेष्ठ शनिबार

धितोपत्र बजार अनलाइनमा जान समय लाग्ने

धितोपत्र बजार अनलाइनमा जान समय लाग्ने


काठमाडौँ, १ असोज : धितोपत्र बजारलाई पूर्णरुपमा अनलाइन प्रणालीमा लैजान अझै दुई महिना लाग्ने भएको छ । अनलाइन कारोबार प्रणालीको परीक्षण शुरु भएको जानकारी दिन आज नेपाल स्टक एक्चेञ्जमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार आगामी दुई महिनापछि मात्रै शेयर कारोबार पूर्णरुपमा अनलाइनमा हुनेछ ।

निर्धारित समयमा आवश्यक भौतिक पूर्वाधार तथा तयारी हुन नसक्दा पूर्णरुपमा कारोबार अनलाइनमार्फत हुन नसकेको स्टकका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले जानकारी दिनुभयो । ‘डाटा सेन्टर’ तयारीका लागि थप समय लाग्ने भएकाले पूर्णरुपमा अनलाइन कारोबार प्रणाली सञ्चालनमा ल्याउन समस्या भयो, परीक्षणको रुपमा ‘मोक टे«डिङ’ मात्रै शुरु भएको छ’ प्रमुख कार्यकारी अधिकृत साउदले भन्नुभयो ।

परीक्षण गर्न मात्रै कम्तिमा डेढ महिना लाग्ने देखिएको छ । शेयर दलाल कम्पनीले पनि टाडा सेन्टर बनाउन स्टकले निर्देशन दिएको छ । दलाल कम्पनीले आफ्नै डाटा सेन्टर तयार गर्नसक्ने वा सामूहिक रूपमा पनि तयार गर्नसक्ने व्यवस्था गरिएको छ । परीक्षणका रुपमा मङ्गलबारदेखि लगानीकर्तालाई अभ्यस्त बनाउन लागिएको स्टकले जनाएको छ ।
-रासस

प्रकाशित मिति : २०७५, १ आश्विन सोमबार  ९ : ०४ बजे

सीसँगको भेटपछि ट्रम्पको दाबी : चीनले इरानलाई हतियार नदिने, हर्मुज खुला राख्न सहयोग गर्ने

काठमाडौं । अमेरिकी राष्ट्रपतिडोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी चिनफिङलेसँगको भेटपछि

मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत लिँदै

काठमाडौं । कृष्णप्रसाद यादव नेतृत्वको मधेश प्रदेश सरकारले आज प्रदेशसभाबाट

पश्चिमी वायुको प्रभाव कायम : देशका विभिन्न क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । देशभर अहिले पश्चिमी वायु, स्थानीय वायु तथा नेपाल

१० के एनवाईएफएन रन : स्वास्थ्य, खेलकुद र अनुशासनको सन्देश

काठमाडौं । राष्ट्रिय युवा संघ नेपालले आफ्नो ३७औँ स्थापना दिवसको

बेइजिङ पुगे ट्रम्प, सी जिनफिङसँग आज उच्चस्तरीय वार्ता

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तीनदिने औपचारिक भ्रमणका लागि