२०८२, २६ पुस शनिबार

दरबारमार्गबाट लुटिएको गोलीसहित दुई किशोर पक्राउ

दरबारमार्गबाट लुटिएको गोलीसहित दुई किशोर पक्राउ


काठमाडौं । जेनजी आन्दोलनका क्रममा दरबारमार्गबाट लुटिएको गोलीसहित दुई जना किशोरलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बर्दिया जिल्ला बढैयाताल गाउँपालिका–३ घर भई काठमाडौंको कपनमा बस्दै आएका १७ वर्षीय अनिश गिरी र झापा झिलझिले घर भई काठमाडौंको मालिगाउँ आनन्द भैरव मार्ग बस्ने १६ वर्षीय सोनम थापा मगर रहेका छन्। प्रहरी प्रभाग कोटेश्वरको टोलीले शुक्रबार राति नरेफाँटमा चेकजाँच गर्ने क्रममा शंकास्पद अवस्थामा रहेका अनिश गिरीलाई नियन्त्रणमा लिएको थियो। प्रहरीका अनुसार, तलासीका क्रममा उनको साथबाट दरबारमार्ग प्रहरी वृत्तबाट लुटिएको तीन थान गोली फेला परेको थियो।

गिरीको बयानका आधारमा प्रहरीले सोनम थापा मगरको कोठामा समेत खोजतलासी गरेको थियो। तलासीका क्रममा “३११ २३” लेखिएको पेस्तोलका दुई थान गोली बरामद भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार, पक्राउ परेका दुबै जनाले जेनजी आन्दोलनका क्रममा दरबारमार्गस्थित प्रहरी वृत्तबाट गोली लुटेको प्रारम्भिक बयान दिएका छन्। उनीहरूलाई हाल थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर, काठमाडौंमा राखिएको छ। प्रहरीले उक्त घटनासँग संलग्न अन्य व्यक्तिहरूको पनि खोजी भइरहेको बताएको छ।

प्रकाशित मिति : २०८२, ८ कार्तिक शनिबार  ८ : ४९ बजे

विशेष महाधिवेशन विवादबीच देउवा र राष्ट्रपति भेट : रणनीति वा नयाँ संकेत के होला ?

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट

उज्यालो नेपालको बैठक बोलाएर आधा घन्टामै स्थगित, फेरि के पाक्दैछ ?

काठमाडौं। नयाँ राजनीतिक पहलका रूपमा चर्चामा रहेको ‘उज्यालो नेपाल’ अभियानको

एमालेको समानुपातिक सूचीमा थपिए सत्यदेवी खड्का र टेकबहादुर घतानी

काठमाडौँ। नेकपा एमालेले निर्वाचन आयोगमा पेश गरेको समानुपातिक बन्दसूचीमा दुई

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक जारी

काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकमा महामन्त्रीद्वय गगन थापा

इरान संकट, ऊर्जा राजनीति र होर्मुज जलडमरूको रणनीतिक खेल

इरानमा चर्किएको राजनीतिक संकट केवल शासन र सडकबीचको टकराव होइन,