२०८२, ३ पुस बिहीबार

जेनजी आन्दोलनले प्रहरीलाई ठूलो चुनौती दियो: गृहमन्त्री अर्याल

जेनजी आन्दोलनले प्रहरीलाई ठूलो चुनौती दियो: गृहमन्त्री अर्याल

प्रहरीलाई आन्दोलनले क्षति पुर्‍यायो


काठमाडौं । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा नेपाल प्रहरीलाई ठूलो क्षति र चुनौती सामना गर्नुपरेको गृहमन्त्री ओमप्रकाश अर्यालले बताएका छन्।

७० औँ प्रहरी दिवसको अवसरमा शुक्रबार आयोजित कार्यक्रममा उनले भने, “सीमित स्रोत साधनमा काम गर्दै आएको प्रहरी बललाई यस आन्दोलनले अत्यन्त ठूलो दबाब र जोखिममा पुर्‍याएको छ। प्रहरी जवानहरूले असम्भव परिस्थितिमा पनि आफ्नो कर्तव्य निभाएका छन्।”

मन्त्री अर्यालले आन्दोलनका क्रममा केही उछृङ्खल व्यक्तिहरूले सडकमा सुरक्षा व्यवस्था भंग गरेको तर प्रहरी जवानहरूले धैर्य, साहस र अनुशासन देखाउँदै जनताको सुरक्षा कायम राखेको बताए।

उनले थपे, “अभाव र दबाबका बाबजुद प्रहरी बलले भूमिका निभाएको छ। मुलुकको समृद्धि र सुशासनको आधार नै सुदृढ आन्तरिक सुरक्षा हो।” गृहमन्त्रीले प्रहरीलाई आवश्यक साधन र स्रोत उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गर्दै भने, “प्रविधिको द्रुत विकासले नयाँ प्रकारका अपराध जन्माएको छ। त्यसकारण अनुसन्धान र सुरक्षा कार्य थप चुनौतीपूर्ण भएको छ, तर हामी प्रहरी बललाई सक्षम बनाउन तत्पर छौँ।”

यो कार्यक्रम प्रहरीको समर्पण, साहस र देशभक्तिको सम्मानमा आयोजना गरिएको थियो।

प्रकाशित मिति : २०८२, ३१ आश्विन शुक्रबार  १० : २८ बजे

राजनीतिप्रति घृणा फैलाउनेहरुप्रति खबरदारी गर्न केपी ओलीको अपील

भक्तपुर। नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले दलीय

एमालेका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ (तस्वीरहरू)

काठमाडौं । नेकपा एमालेको एघारौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा

तेस्रो पटक एमाले अध्यक्षका रूपमा केपी ओलीद्वारा शपथ ग्रहण

काठमाडौं । नेकपा एमालेको अध्यक्षमा तेस्रो पटक लगातार निर्वाचित केपी

एमाले महाधिवेशन: अध्यक्षमा केपी शर्मा ओलीको शुरुआती अग्रता

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भइरहेको निर्वाचनको

एमाले महाधिवेशन : मतदान समय ३ घण्टा थप, ८ बजेसम्म मत हाल्न सकिने

काठमाडौं । एमाले महाधिवेशन : मतदान समय ३ घण्टा थप,