२०८३, ११ श्रावण मंगलबार

१७ निर्माण कम्पनी कालोसूचीमा, सार्वजनिक निर्माणमा प्रतिबन्ध

१७ निर्माण कम्पनी कालोसूचीमा, सार्वजनिक निर्माणमा प्रतिबन्ध


काठमाडौं । सरकारले १७ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले बिहीबार सूचना प्रकाशित गर्दै ती कम्पनीहरूलाई एकदेखि दुई वर्षसम्मका लागि कालोसूचीमा राखिएको जानकारी दिएको हो।

कार्यालयका अनुसार कालोसूचीमा परेका कम्पनीहरूले अब तोकिएको अवधिसम्म कुनै पनि सार्वजनिक निकायका निर्माण कार्यमा सहभागी हुन पाउने छैनन्। सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३(१) अनुसार सम्झौता उल्लङ्घन गर्ने, कार्य समयमा सम्पन्न नगर्ने वा ठेक्का तोड्ने कम्पनीहरूलाई कालोसूचीमा राखिएको कार्यालयले स्पष्ट पारेको छ।

सूचना अनुसार, केही कम्पनीहरू एक वर्षका लागि र केही दुई वर्षका लागि कालोसूचीमा परेका छन्।
कार्यालयले चेतावनी दिँदै भनिएको छ-“सार्वजनिक सम्पत्ति र बजेटको दुरुपयोग गर्नेलाई कानुनी कारबाहीमा ल्याइनेछ।”

प्रकाशित मिति : २०८२, ३० आश्विन बिहीबार  ८ : २६ बजे

सरकारका सहमति कागजमै सीमित, माइतीघरमा लघुवित्त पीडितको आमरण अनशन सुरु

काठमाडौं । सरकारसँग पटक–पटक वार्ता र सहमति भए पनि कार्यान्वयन

मेरा मित्र गोपालमान श्रेष्ठको निधनले स्तब्ध छु : देउवा

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा ले

सरकारको लगानी ९ खर्ब ६५ अर्ब नाघ्यो

काठमाडौं । सरकारको कुल लगानी ९ खर्ब ६५ अर्ब ८०

नारायणी अस्पताल संकटमा : ४० चिकित्सकको सामूहिक राजीनामा, आकस्मिक सेवा पनि ठप्प

काठमाडौं । वीरगन्जस्थित नारायणी अस्पतालमा चिकित्सकमाथि भएको कुटपिट र त्यसपछि

देशभरका अधिकांश अस्पतालमा आकस्मिकबाहेकका स्वास्थ्य सेवा बन्द, हजारौं बिरामी प्रभावित

काठमाडौं । नेपाल चिकित्सक संघको आन्दोलनका कारण मंगलबार देशभरका अधिकांश