२०८२, १ फाल्गुन शुक्रबार

पूर्वसभामुख महरालाई थुनामा पठाउन अदालतको आदेश

पूर्वसभामुख महरालाई थुनामा पठाउन अदालतको आदेश


काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्वसभामुख तथा नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महरा पुर्पक्षका लागि थुनामा पठाइएका छन् । जिल्ला अदालत काठमाडौंले बुधबार मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६७ र ८० बमोजिम थुनछेक आदेश जारी गर्दै महरालाई जेल चलान गर्ने आदेश दिएको हो ।

अदालतमा पेस भएका प्रारम्भिक प्रमाण र अनुसन्धान प्रतिवेदनअनुसार महराको चिनियाँ व्यापारी दावजिन वाङसँग निरन्तर सम्पर्क रहेको र उनीहरूबीच पारिवारिक तथा व्यावसायिक सम्बन्ध समेत देखिएको अदालतको आदेशमा उल्लेख छ। दुवैबीचको मिलेमतोमा इ–सिगरेट (भेप) मार्फत सुन तस्करी गरिएको आरोप महरामाथि लगाइएको छ । अनुसन्धानका क्रममा महरासँगै उनका छोरा रेशम (राहुल) महरा र बुहारी विमला महराका मोबाइल नम्बरबाट समेत वाङसँग पटक–पटक सम्पर्क भएको देखिएको छ। महराले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका तत्कालीन प्रमुख अरुण पोखरेललाई फोन गरी जफत गरिएका सामानबारे भनसुन गरेको प्रमाण समेत फेला परेको अदालतको आदेशमा जनाइएको छ ।भन्सार कार्यालयले २०७९ फागुन २१ गते इ–सिगरेट ७३० थान जफत गरेको थियो। त्यसको न्यूनतम मूल्य पाँच लाख ११ हजार रुपैयाँ तोकिएको भए पनि उक्त इ–सिगरेटको आवरणभित्र करिब ९.५ किलो सुन लुकाइएको पाइएको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।

सरकारले गठन गरेको सुन तस्करी नियन्त्रण छानबिन आयोग, २०८० को प्रतिवेदन, प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदन, मोबाइल कल डिटेल तथा प्रत्यक्ष साक्षीका बयान अदालतमा प्रमाणका रूपमा पेश गरिएका छन्। छानबिनका क्रममा अभियुक्त दिनेश बस्नेतले उक्त इ–सिगरेटभित्रको सुन ६ करोड रुपैयाँमा व्यापारी वेदप्रकाश अग्रवाललाई बिक्री गरेको बयान दिएका छन्। अग्रवाल र अन्य व्यक्तिहरूका बयानले पनि आरोप पुष्टि गर्ने आधार बनेको अदालतले जनाएको छ ।

अदालतले प्रस्तुत प्रमाण र बयानका आधारमा महरालाई तत्काल निर्दोष ठहर गर्न सकिने अवस्था नरहेको निष्कर्ष निकाल्दै पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो। आदेशपछि महरालाई जगतनाथदेवल कारागार पठाइएको जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २०८२, २९ आश्विन बुधबार  ९ : ४१ बजे

लन्डनमा भूतपूर्व गोर्खा सैनिकलाई भोक हड्ताल नगर्न बेलायत सरकारको आग्रह

लन्डन । बेलायतको रक्षा मन्त्रालयले भूतपूर्व गोर्खा सैनिकहरूलाई भोक हड्ताल

झापामा अध्यक्ष ओलीका सात दिन ८० वटा टोलमा मतदाता भेटघाट

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी फागुन

दैलेखको जलजलेमा ८० अर्ब ७० करोड घनमिटर ग्यास भण्डारण पुष्टि

दैलेख । भैरवी गाउँपालिका–१ जलजले क्षेत्रमा ८० अर्ब ७० करोड

सत्ताको दुरूपयोग गर्दै नेकपा उम्मेदवार दाहालले गरे पार्टी प्रवेशको प्रपञ्च, साँझ नपर्दै यसरी खुल्यो तथ्य

सिन्धुली: निर्वाचनमा पराजय हुने अबस्था आएपछि नेकपाका उमेदवारले कस्तो षडयन्त्र गर्न

सुशासन र पारदर्शिता बिना लोकतन्त्रले प्रतिफल दिन्न : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुशासन र पारदर्शिता बिना लोकतन्त्रको