२०८२, २४ चैत्र बुधबार

काठमाडौंको बनस्थलीमा बसको ठक्करबाट एक वृद्धको मृत्यु

काठमाडौंको बनस्थलीमा बसको ठक्करबाट एक वृद्धको मृत्यु


काठमाडौं । काठमाडौंको बनस्थलीमा बिहीबार बिहान सवारी दुर्घटनामा परेर एक वृद्धको मृत्यु भएको छ। साढे ५ बजेका समयमा बा.प्र. ०१-००६ ख ७५४३ नम्बरको महानगर यातायातको बसले मुख्य सडकमा पैदलयात्रीलाई ठक्कर दिँदा ६८ वर्षीय जसबहादुर मगरको घटनास्थलमै ज्यान गएको ट्राफिक प्रहरी कार्यालय काठमाडौं उपत्यकाका एसपी दीपक गिरीले जानकारी दिएका छन् ।

मगरको स्थायी ठेगाना संखुवासभा भए पनि उनी हाल बनस्थलीमा बसोबास गर्दै आएका थिए। दुर्घटनापछि सुरक्षाकर्मीहरू घटनास्थलमा खटिई मृतकको शव सुरक्षार्थ राखिएको छ। एसपी गिरीका अनुसार अहिले कानुनी प्रक्रिया अगाडि बढिरहेको छ र प्रक्रिया पूरा भएपछि पोस्टमार्टमका लागि शव लगिनेछ। हाल दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८२, २ आश्विन बिहीबार  ८ : १७ बजे

राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको रिक्त डेपुटी गभर्नर पदमा किरण

मन्त्रिपरिषद्‌मा वरियता फेरबदल: गुरुङ दुई स्थान तल झरे

काठमाडौं । संघीय मन्त्रिपरिषद् भित्र मन्त्रीहरूको वरियता (मर्यादाक्रम) पुनःव्यवस्थित गरिएको

उपराष्ट्रपति यादव अस्वस्थ, उपचारका लागि अस्पतालमा निगरानी

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवको स्वास्थ्यमा सोमबार राति अचानक समस्या

आकस्मिक मन्त्रिपरिषद् बैठक आज बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को आकस्मिक बैठक आज दिउँसो १ बजे बस्ने

इरानद्वारा पाकिस्तानमार्फत् अमेरिकालाई ‘युद्ध अन्त्य’ प्रस्ताव

काठमाडौं । इरानले अमेरिका र इजरायलसँग जारी तनावलाई ‘सधैंका लागि