२०८२, २६ फाल्गुन बुधबार

आईजीपीदेखि इन्स्पेक्टरसम्मको तलब कट्टा गरी मृतक प्रहरीका परिवारलाई १० लाख सहयोग

आईजीपीदेखि इन्स्पेक्टरसम्मको तलब कट्टा गरी मृतक प्रहरीका परिवारलाई १० लाख सहयोग


काठमाडौं। नेपाल प्रहरीले हालैको आन्दोलनका क्रममा कर्तव्यपालनाका क्रममा ज्यान गुमाएका प्रहरीका परिवारलाई प्रत्येकलाई १० लाख रुपैयाँ सहयोग उपलब्ध गराउने निर्णय गरेको छ। सहयोग रकम प्रहरी संगठनभित्रकै आईजीपीदेखि इन्स्पेक्टरसम्मको तलबबाट कट्टा गरेर जुटाइनेछ ।

प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) विनोद घिमिरेले सोमबार एक विज्ञप्ति जारी गर्दै भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा कर्तव्यमा रहेका प्रहरी शहीदहरूका परिवारजनलाई राहतस्वरूप यो सहायता उपलब्ध गराउने जानकारी दिएका हुन्।

विज्ञप्तिमा भनिएको छ, “यही भदौ २३ र २४ गते आन्दोलनका क्रममा कर्तव्यपालनाको सिलसिलामा मृत्युवरण गरेका अमर प्रहरीका परिवारजनलाई प्रहरी महानिरीक्षकदेखि प्रहरी निरीक्षकसम्मको तलब कट्टा गरी प्रतिपरिवार जनही रु १० लाख उपलब्ध गराउने निर्णय भएको ब्यहोरा अनुरोध छ ।”

यस निर्णयलाई कर्तव्यप्रति समर्पित प्रहरीहरूको सम्मान र सहानुभूति प्रदर्शनको सकारात्मक संकेतका रूपमा हेरिएको छ ।
प्रहरी संगठनले गम्भीर जोखिम मोलेर राष्ट्र र जनताको सुरक्षामा खटिएका प्रहरीहरूका परिवारलाई संकटको घडीमा साथ दिने संस्थागत संस्कृति कायम गरेको छ ।

सुरक्षा विश्लेषकहरूका अनुसार, यस्ता घटनामा तुरुन्त सहयोगका लागि स्थायी राहत कोष स्थापना गर्नु दीर्घकालीन दृष्टिकोणले उपयुक्त हुने सुझाव दिइन्छ । यस किसिमको स्वैच्छिक तलब कट्टा अभियान सहानुभूतिको दृष्टिकोणबाट प्रशंसनीय भए पनि, भविष्यमा नीतिगत स्थायित्व आवश्यक देखिन्छ ।

प्रकाशित मिति : २०८२, ३० भाद्र सोमबार  ९ : ४८ बजे

‘अवैध सैन्य कारबाहीले क्षेत्रीय शान्ति भंग’ भन्दै इरानको नयाँ नेतृत्व चयनको अधिकारको समर्थन

काठमाडौं । उत्तर कोरियाले इरानमा अमेरिका र इसराइलले गरेको आक्रमणको

पुटिन-पेजेश्कियान टेलिफोन वार्ता : मध्यपूर्वको युद्ध र क्षेत्रीय तनावबारे छलफल

काठमाडौं । भ्लादिमिर पुटिन र मसुद पेजेश्कियानबीच टेलिफोन वार्ता भएको

समानुपातिकतर्फ १ करोड ७ लाख मत गणना, कसले कति सिट पाउँछन् ?

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ।

बन्दुकसँग फोटो खिच्दा भयावह दुर्घटना, डडेल्धुरामा किशोरको मृत्यु

डडेल्धुरा । बन्दुक समातेर फोटो खिच्ने क्रममा बन्दुक पड्किँदा डडेल्धुरामा

इरानको चेतावनी: अमेरिकासँग वार्ता अस्वीकार, शक्तिशाली मिसाइल प्रयोगको संकेत

काठमाडौं । इरानले अमेरिकासँग सम्भावित वार्ता अस्वीकार गर्दै आफ्नो सुरक्षा