२०८२, २३ चैत्र मंगलबार

काभ्रेको बनेपाबाट ७३० राउण्ड गोलीसहित ८ जना पक्राउ

काभ्रेको बनेपाबाट ७३० राउण्ड गोलीसहित ८ जना पक्राउ


बनेपा : काभ्रेको बनेपा नगरपालिका-९ बाट प्रहरीले ७३० राउण्ड गोलीसहित ८ जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय काभ्रेबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा बनेपा नगरपालिका ९ का २६ वर्षीय सिजन सुवाल, २८ वर्षीय सुवास गौतम, १८ वर्षीय किशोर, र १५ वर्षीय बालक रहेका छन् । यस्तै, बारा जिल्लाका २० वर्षीय महेश मुखिया, मकवानपुर बकैया गाउँपालिका ६ का २४ वर्षीय सुशान्त लो, तेमाल गाउँपालिका २ का २१ वर्षीय तिमोथी तामाङ, र पनौती नगरपालिका १० का ३४ वर्षीय अछुत खड्का समेत पक्राउ परेका छन्।

प्रहरीका अनुसार उनीहरूको साथबाट ७३० राउण्ड गोली बरामद गरिएको छ । यति ठूलो परिमाणमा गोली बरामद हुनु अत्यन्तै संवेदनशील विषय भएको बताउँदै प्रहरीले थप अनुसन्धान अगाडि बढाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार, गोली कहाँबाट आयो, के प्रयोजनका लागि संकलन गरिएको थियो, र यिनीहरूको संगठित आपराधिक समूहसँग सम्बन्ध छ वा छैन भन्ने विषयमा अनुसन्धान भइरहेको छ ।

पक्राउ परेकाहरूमध्ये दुई जना नाबालक समेत रहेकोले बाल अधिकार ऐनअनुसार विशेष ध्यानसाथ अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। प्रहरीले घटनास्थलबाट केही अन्य आपत्तिजनक सामग्रीहरू पनि बरामद गरेको जानकारी दिएको छ, तर त्यसबारे विस्तृत विवरण भने दिइएको छैन। हाल सबै व्यक्तिहरू प्रहरी हिरासतमा रहेका छन् र उनीहरूमाथि हतियार तथा गोला बारुदसम्बन्धी कसूर अन्तर्गत कानुनी कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

पाभेल कुमार शाह

प्रकाशित मिति : २०८२, २९ भाद्र आईतबार  २ : २१ बजे

राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको रिक्त डेपुटी गभर्नर पदमा किरण

मन्त्रिपरिषद्‌मा वरियता फेरबदल: गुरुङ दुई स्थान तल झरे

काठमाडौं । संघीय मन्त्रिपरिषद् भित्र मन्त्रीहरूको वरियता (मर्यादाक्रम) पुनःव्यवस्थित गरिएको

उपराष्ट्रपति यादव अस्वस्थ, उपचारका लागि अस्पतालमा निगरानी

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवको स्वास्थ्यमा सोमबार राति अचानक समस्या

आकस्मिक मन्त्रिपरिषद् बैठक आज बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को आकस्मिक बैठक आज दिउँसो १ बजे बस्ने

इरानद्वारा पाकिस्तानमार्फत् अमेरिकालाई ‘युद्ध अन्त्य’ प्रस्ताव

काठमाडौं । इरानले अमेरिका र इजरायलसँग जारी तनावलाई ‘सधैंका लागि