२०८३, १२ कार्तिक बिहीबार

इटहरीमा गोली चल्यो : दुई प्रदर्शनकारीको मृत्यु, एक सशस्त्र प्रहरी घाइते

इटहरीमा गोली चल्यो : दुई प्रदर्शनकारीको मृत्यु, एक सशस्त्र प्रहरी घाइते


विराटनगर । सुनसरीको इटहरीमा भएको प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर दुई प्रदर्शनकारीको मृत्यु भएको छ भने एक सशस्त्र प्रहरी बल (एपीएफ) का सहायक हवल्दार घाइते भएका छन् ।

मृतकहरूको पहिचान हालसम्म खुलेको छैन । प्रहरीले उनीहरू २५ र ३० वर्षका युवाहरू भएको प्रारम्भिक अनुमान गरेको छ । गोली लागेर गम्भीर घाइते भएका उनीहरूलाई उपचारका लागि तत्काल धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो, जहाँ चिकित्सकहरूले मृत घोषणा गरेका थिए ।

प्रहरीका अनुसार प्रदर्शनको क्रममा झडप चर्किएपछि इटहरी उपमहानगरपालिका कार्यालयभित्र आगजनी र तोडफोड भएको थियो। त्यसपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन केही प्रदर्शनकारीलाई पक्राउ गरेको थियो। अश्रुग्यास प्रहार गर्दा पनि प्रदर्शनकारीहरू पछाडि नहटेकाले अन्ततः गोली चलाउनुपरेको प्रहरीको दाबी छ ।

घटनामा सशस्त्र प्रहरीका एक सहायक हवल्दार गम्भीर घाइते भएका छन् । उनको गालामा चोट लागेको र हाल उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी धमेन्द्रकुमार मिश्रले कर्फ्यू आदेश जारी गरिए पनि प्रदर्शनकारीहरू नहटेपछि गोली चलाइएको बताए। तर उनले हालसम्म मृत्युको औपचारिक पुष्टि गरेका छैनन् । “केही घाइते भएको सूचना आएको छ, थप विवरण संकलन भइरहेको छ,” उनले भने ।

प्रदर्शनको कारण खुल्न बाँकी छ, तर स्थानीय प्रशासन र प्रदर्शनकारीबीच तनाव चुलिँदै गएको देखिएको छ। सुरक्षाकर्मी र प्रदर्शनकारी दुवैतर्फबाट मानवीय क्षति भएपछि स्थिति अझ संवेदनशील बनेको छ ।

स्थिति नियन्त्रणमा लिन प्रहरीले थप सुरक्षा व्यवस्था कडा बनाएको छ भने स्थानीय प्रशासनले नागरिकलाई संयमित रहन अनुरोध गरेको छ ।

प्रकाशित मिति : २०८२, २३ भाद्र सोमबार  ७ : ४१ बजे

चार घण्टा रवि–बालेनको गोप्य संवाद, ठाकुर गैरेको प्रश्न-‘खिल निस्कियो कि थपियो ?’

काठमाडौं। प्रधानमन्त्री बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति

कांग्रेस इतर समूहले भन्यो : ९० क्षेत्रको क्षेत्रीय अधिवेशन सकियो 

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले १५ औं महाधिवेशन

मंसिरभर जनतामाझ जाने कांग्रेसको तयारी, गगनले घोषणा गरे ‘कांग्रेस तयार छ’ अभियान

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले महाधिवेशनबाट पारित नीति

स्पेनको रेल दुर्घटनाप्रति नेपालद्वारा दुःख व्यक्त

काठमाडौं । स्पेनको टोलेडो प्रान्तमा भएको दु:खद रेल दुर्घटनाप्रति नेपाल

एनपीएल : कर्णालीले टस जित्यो, विराटनगरलाई ब्याटिङ

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको दोस्रो खेलमा कर्णाली