२०८३, २२ जेष्ठ शनिबार

रसुवामा मोटर दुर्घटनामा एक जनाको मृत्यु

रसुवामा मोटर दुर्घटनामा एक जनाको मृत्यु


रसुवा, ३० भदौ मोटर दुर्घटना हुँदा शनिबार एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।

प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलका अनुसार चार जना नेपाली र एक जना चिनियाँ नागरिक घाइते भएका हुन् । घाइतेलाई उपचारार्थ जिल्ला अस्पताल धुञ्चे ल्याउँदै गरिएको छ ।

मृत्यु हुने र घाइतेको पहिचान गर्न घटनास्थलमा प्रहरी परिचालन गरिएको र घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रजिअ पौडेलले बताउनुभयो ।

घटना टिमुरेको तातोपानी पारी सर्च ट्याङ्क जाने आयोजनाको सहायक मार्गमा भएको बताइएको छ । माथिबाट ढुङ्गा झरेका दुर्घटना भएको बताइएको छ । ढुङ्गा झरेका कारण त्यस क्षेत्रमा विद्युत्समेत अवरोध भएका जनाइएको छ ।

प्रकाशित मिति : २०७५, ३० भाद्र शनिबार  १० : ४८ बजे

विश्व वातावरण दिवस : नाराभन्दा बढी कार्यान्वयनको आवश्यकता

काठमाडौं । आज विश्व वातावरण दिवस देशभर विभिन्न कार्यक्रमका साथ

आफ्नै सरकारलाई उन्मुक्ति, अरूलाई छानबिन ? सम्पत्ति आयोगको टीओआरमै उठ्यो गम्भीर प्रश्न

काठमाडौं । भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नारा दिँदै गठन गरिएको सम्पत्ति