२०८३, १२ कार्तिक बिहीबार

निजामती कर्मचारीहरु देश विकास र समृद्धिको मेरुदण्ड हुन् : मन्त्री न्यौपाने

निजामती कर्मचारीहरु देश विकास र समृद्धिको मेरुदण्ड हुन् : मन्त्री न्यौपाने


काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले  निजामती कर्मचारीहरु देश विकास र समृद्धिको मेरुदण्ड भएको बताएकी छन् ।

आइतबार काठमाडौंमा आयोजित निजामती सेवा दिवस २०८२ मूल समारोह कार्यक्रममा बोल्दै उनले राजीनितिक परिवर्तन पश्चात जतिपनि उपलब्धी हासिल भएका छन् त्यो निजामती कर्मचारीहरुको साथबाट मात्र सम्भव भएको धारणा व्यक्त गरिन् ।

उनले भनिन्,‘संसारका विकसित देशहरुको दाँजोमा हाम्रो देशलाई पुर्याउन सकिन्छ । आज हामीले राजीनितिक परिवर्तन गरिसकेपछि जतिपनि उपलब्धी हासिल गरेका छौं । निजामती कर्मचारीहरुले साथ नदिएको भए त्यो उपलब्धी पनि हासिल गर्न सक्ने थिएनौं । त्यसैले अब जति उपलब्धी हासिल गर्नुपर्ने छ ,त्यसमा कर्मचारीहरुको योगदान धेरै आवश्यक छ । कर्मचारीहरु यो देशविकासको र समृद्धिको मेरुदण्ड हुन् ।’

त्यस्तै उनले चक्रिय प्रणालीको आधारमा कर्मचारी सरुवा गर्ने व्यवस्था मिलाउन आवश्यक रहेको बताइन् । निवेदन लेखेर नभई कर्मचारीले अनलाइनबाट आफ्नो सरुवाको माग गर्नेगरी सिस्टम बनाउनुपर्ने पर्नेमा उनले जोड दिईन् । उनले भनिन्,‘कर्मचारी सरुवा गरिदिन प¥यो भन्ने, मलाई यहाँबाट त्यहाँ पुर्याइदिन प¥यो भन्ने त्यो भीड देखिसकेपछि अब अन्त्य गर्नुपर्छ कि पर्दैन् ? भौतिक रुपमा कर्मचारीहरु आफै आएर सरुवा गरिदिन पर्यो,मलाई यहाँ जाँदा न्याय हुन्छ भन्ने परिस्थितिको कहिले अन्त्य हुन्छ ?त्यसैले एउटा त्यस्तो सिस्टमको विकास गर्नुपर्छ । चक्रिय प्रणालीको आधारमा

प्रकाशित मिति : २०८२, २२ भाद्र आईतबार  ३ : ४८ बजे

चार घण्टा रवि–बालेनको गोप्य संवाद, ठाकुर गैरेको प्रश्न-‘खिल निस्कियो कि थपियो ?’

काठमाडौं। प्रधानमन्त्री बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति

कांग्रेस इतर समूहले भन्यो : ९० क्षेत्रको क्षेत्रीय अधिवेशन सकियो 

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले १५ औं महाधिवेशन

मंसिरभर जनतामाझ जाने कांग्रेसको तयारी, गगनले घोषणा गरे ‘कांग्रेस तयार छ’ अभियान

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले महाधिवेशनबाट पारित नीति

स्पेनको रेल दुर्घटनाप्रति नेपालद्वारा दुःख व्यक्त

काठमाडौं । स्पेनको टोलेडो प्रान्तमा भएको दु:खद रेल दुर्घटनाप्रति नेपाल

एनपीएल : कर्णालीले टस जित्यो, विराटनगरलाई ब्याटिङ

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको दोस्रो खेलमा कर्णाली