२०८३, १४ कार्तिक शनिबार

निजामती दिवसमा प्रधानमन्त्री ओलीको सन्देश: “सेवा नागरिकसम्म, झन्झट असह्य”

निजामती दिवसमा प्रधानमन्त्री ओलीको सन्देश: “सेवा नागरिकसम्म, झन्झट असह्य”


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निजामती सेवा दिवसको अवसरमा शुभकामना सन्देश दिँदै नागरिकलाई झन्झट र दुःख दिने कार्य अब सह्य नहुने स्पष्ट पारेका छन् ।

उनले सामान्य कामका लागि अनावश्यक प्रक्रिया देखाउने र काम पन्छाउने प्रवृत्तिमा तत्काल सुधार आवश्यक रहेको बताए। बदलिँदो प्रविधि र जनअपेक्षा अनुसार निजामती सेवाले आफूलाई रुपान्तरण गर्नुपर्ने उनले औँल्याए ।

प्रधानमन्त्री ओलीले सेवा नागरिकसम्म प्रवाह गर्न अब टेबल–कुर्सीको भरमा मात्र नभई प्रविधिको उपयोग अनिवार्य भएको उल्लेख गरे। उनले ‘सेवा खोज्न नागरिक नआउने, सेवा आफैं नागरिकसम्म पुग्ने’ प्रणाली विकास गर्नुपर्नेमा जोड दिए ।

सन्देशमा निजामती विधेयक संसदमा पारित हुने क्रममा रहेको र यसले संघीय प्रशासनलाई नयाँ उचाइ दिने उल्लेख छ । उनले राष्ट्रसेवक कर्मचारीहरूलाई उच्च मनोबलका साथ उत्तरदायी र पारदर्शी सेवा दिन आह्वान समेत गरेका छन् ।

प्रधानमन्त्रीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय लक्ष्य हासिल गर्न निजामती सेवाको भूमिका निर्णायक हुने बताएका छन् ।

प्रकाशित मिति : २०८२, २२ भाद्र आईतबार  ८ : २९ बजे

पहिरोले बिपी राजमार्ग अवरुद्ध, पिन्थली र गिम्दीबेँसीमा सडक बन्द

काभ्रेपलाञ्चोक । निरन्तर वर्षासँगै पहिरो खस्दा बिपी राजमार्ग पूर्ण रूपमा

रास्वपाको सचिवालय बैठक आज, बिहान ११ बजे बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज सचिवालय बैठक

उपत्यकामा २४ घण्टामा ३१४ सवारीसाधनमाथि ट्राफिक प्रहरीको कारबाही

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ३१४ वटा

आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक, अमेरिकी डलर १५२ रुपैयाँ २३ पैसा

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

आज सातै प्रदेशमा वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान

काठमाडौं । देशभर आज वर्षाको सम्भावना रहेको छ। जल तथा