२०८३, ६ आश्विन बुधबार

काभ्रेको पाँचखालमा कृषि सूचना केन्द्र स्थापना

काभ्रेको पाँचखालमा कृषि सूचना केन्द्र स्थापना


काभ्रेपलाञ्चोक जिल्लाको अन्न र तरकारी भण्डारको रुपमा रहेको पाँचखालमा कृषि सूचना केन्द्र सञ्चालनमा ल्याइएको छ । शनिबार एक कार्यक्रमको आयोजना गरी प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत आलु सुपरजोन कार्यक्रम काभ्रेले सूचना केन्द्र सञ्चालनमा ल्याएको हो ।

सूचना केन्द्रको उद्घाटन कृषि तथा पशुपञ्छी विकास मन्त्रालयका सचिव युवध्वज जिसीले गरेका थिए । राजधानीबाट नजिकको तरकारी उत्पन्न क्षेत्र पाँचखालका कृषकहरु बिचौलियाबाट नठगिन सूचना केन्द्रले मद्दत पुग्ने सचिव जिसीको भनाई छ ।

सूचना केन्द्रले कालिमाटी तरकारी बजारको मूल्य पाँचखालमै डिसप्ले मार्फत हेर्न पाउने ब्यवस्था कृषकलाई मिलाएको आलु सुपर जोन काभ्रेका अध्यक्ष हरि खतिवडा जानकारी दिए । ‘कृषकहरुले कालिमाटी तरकारी बजारको मूल्य हेरेर जोक्न सक्ने छन्, उनले भने ‘तरकारीको वास्तविक मूल्य पाउनबाट कोहि पनि कृषक बञ्चित नहुने भन्ने नै यो केन्द्रको मूख्य उद्देश्य हो ।’

कृषकले सूचना केन्द्रमा कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले निर्धारण गरेको मूल्य हेर्न पाउने छन् । कृषकसँग तरकारी सस्तोमा लिने र उपभोक्तालाई मारमा पार्ने ब्यक्तिबाट जोगाउन सूचना केन्द्रले सहयोग पुग्ने कृषकहरुले आशा गरेका छन् ।

सूचना केन्द्रसँगै कष्टम हेयरिंक सेन्टर पनि सञ्चालनमा ल्याइएको छ । जहाँ कृषि औजारका सामग्री राखिएका छन् । आलु सुपर जोन कार्यक्रमले किसान परिचय पत्र समेत शूरु गरेको छ । आलु फलमा किसान प्रोत्सान कार्यक्रम पनि सञ्चालनमा ल्याइएको आलु सुपर जोन काभ्रेका अध्यक्ष खतिवडाले जानकारी दिए ।

प्रकाशित मिति : २०७५, ३० भाद्र शनिबार  ९ : ३८ बजे

कांग्रेसको पालिका अधिवेशन आज, नेतृत्वका लागि तीव्र रस्साकस्सी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज देशभर पालिका अधिवेशन

इरानी नाकाबाट ऊर्जा निर्भरता हटाउन आईएमईसी आवश्यक : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत–मध्यपूर्व–युरोप आर्थिक करिडोर (आईएमईसी)

प्रतिनिधिसभा बैठक बस्दै, ४ विधेयक कार्यसूचीमा

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्दैछ।

रसुवा बाढी : मृत्यु हुनेको संख्या १,४५१ पुग्यो, ५ हजार ७०५ हजारभन्दा बढी अझै बेपत्ता

काठमाडौं । रसुवामा आएको बाढीका कारण हालसम्म १ हजार ४५१

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ३९६ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ३९६ वटा सवारीसाधनका