२०८३, २७ भाद्र आईतबार

आज देशभर बदली, केही स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना

आज देशभर बदली, केही स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना


काठमाडौं । आज सोमबार देशभरको मौसम सामान्यतया बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुन सक्रिय रहेकाले देशका विभिन्न भागमा वर्षाको सम्भावना रहेको छ ।

महाशाखाका अनुसार कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा अन्य पहाडी र तराई भूभागका थोरै स्थानहरूमा मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ । त्यस्तै, बागमती र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा दिउँसो भारी वर्षाको सम्भावना समेत रहेको उल्लेख गरिएको छ ।

रातिको समयमा पनि केही स्थानमा वर्षा हुने देखिएको छ । विशेषगरी सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । बाँकी तराई क्षेत्रका एक–दुई स्थानमा पनि वर्षा हुन सक्नेछ ।

महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर रहेको छ, जसका कारण देशभर मौसम बदली भएको हो।

मौसमविद्हरूले पहाडी क्षेत्र तथा नदी तटीय भूभागमा बसोबास गर्नेहरूलाई सतर्कता अपनाउन आग्रह गरेका छन्। वर्षासँगै पहिरो र बाढीको जोखिम समेत हुनसक्ने भएकाले सावधानी अपनाउन अनुरोध गरिएको छ ।

प्रकाशित मिति : २०८२, १६ भाद्र सोमबार  ७ : ४३ बजे

सिन्धुलीको मासु प्रशोधन उद्योगमा छापामारी, गैरकानूनी रूपमा कामगर्दै चिनियाँहरू

सिन्धुली । निर्माणाधिन सिन्धुलीको मासु प्रशोधन उद्योगमा आज अध्यागमन विभाग

ग्यास अभाव विवाद चर्किएपछि उद्योगमन्त्री यादवको राजीनामा

काठमाडौं । ग्यास अभावको समस्या समाधान गर्न नसकेको भन्दै चौतर्फी आलोचना

बाढीपहिरो पीडितको उद्धार तथा राहतका लागि टेक्नो मोबाइलद्वारा १० लाख रुपैयाँ सहयोग

काठमाडौँ ।  अविरल वर्षाका कारण उत्पन्न बाढीपहिरो तथा प्राकृतिक विपद्बाट

केम्पो ओपन कपमा प्रतिस्पर्धा गर्न नेपाली टोली पोर्चुगल प्रस्थान

काठमाडौं । विश्वका करिब ३० देशका खेलाडी सहभागी हुने अन्तर्राष्ट्रिय

गगन थापा स्याङ्जा जाँदै, गोपालमान श्रेष्ठको ४५औँ पुण्यकार्यमा सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा स्याङ्जा जाने भएका छन्।