२०८३, ३० असार बुधबार

प्रधानमन्त्री ओली चीन प्रस्थान, एससीओ शिखर सम्मेलनमा सहभागी हुने

प्रधानमन्त्री ओली चीन प्रस्थान, एससीओ शिखर सम्मेलनमा सहभागी हुने


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली चीन प्रस्थान गर्नुभएको छ। चिनियाँ राष्ट्रपति सि चिनफिङको औपचारिक निमन्त्रणामा प्रधानमन्त्री ओली साङ्घाई सहयोग सङ्गठन (SCO) को २५औँ शिखर सम्मेलनमा भाग लिन चीन जानुभएको हो। उहाँले उक्त सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्नुहुनेछ ।

प्रधानमन्त्री ओलीको भ्रमण टोलीमा उहाँकी धर्मपत्नी राधिका शाक्य, पूर्व उपप्रधानमन्त्री तथा प्रतिनिधिसभा सदस्य पूर्णबहादुर खड्का, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे, पूर्वमन्त्री एवं प्रधानमन्त्रीका आर्थिक सल्लाहकार डा. युवराज खतिवडा, पूर्वमन्त्री तथा सांसद छविलाल विश्वकर्मा लगायत नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरू सहभागी छन् ।

यस भ्रमण अन्तर्गत प्रधानमन्त्री ओलीले भदौ १६ गते एससीओ सम्मेलनलाई सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ। त्यसअघि नै प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सि चिनफिङबीच द्विपक्षीय भेटवार्ता हुने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री ओलीले सम्मेलनपछि बेइजिङमा आयोजना हुने ‘चिनियाँ जनताको जापानी आक्रमणविरुद्धको प्रतिरोध युद्ध र विश्व फासीवादविरुद्धको युद्ध’ सम्बन्धी विजयोत्सव कार्यक्रममा पनि सहभागिता जनाउनेछन्। उक्त कार्यक्रममा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसहितका विश्व नेताहरूको उपस्थिति रहनेछ ।

शिखर सम्मेलनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, पाकिस्तानका प्रधानमन्त्री सहबाज सरिफ, बेलारुसका राष्ट्रपति अलेक्ज्यान्डर लुकासेन्को, इरानका राष्ट्रपति मसुद पेजेस्कियान, कम्बोडियाका प्रधानमन्त्री हुन मनेत, टर्कीका राष्ट्रपति रेसिप तैयिप एर्दोगान, माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जु लगायत राष्ट्र प्रमुख तथा सरकार प्रमुखहरूको उपस्थिति रहनेछ।

शुक्रबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफ्नो चीन भ्रमणबारे जानकारी गराउँदै यो भ्रमणले नेपाल-चीन सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गर्नुभएको थियो। प्रधानमन्त्री ओली भदौ १८ गते बेलुकी १०:३० बजे स्वदेश फर्किने कार्यक्रम रहेको छ।

प्रकाशित मिति : २०८२, १४ भाद्र शनिबार  १२ : १७ बजे

सुदूरपश्चिममा कांग्रेस-एमाले गठबन्धन टुट्यो, मुख्यमन्त्री शाहले हटाए एमालेका सबै मन्त्री

धनगढी । सुदूरपश्चिम प्रदेशको सत्ता समीकरणमा ठूलो परिवर्तन आएको छ।

कांग्रेसको आक्रोश “प्रधानमन्त्री किन भाग्दै छन् ?”

काठमाडौं। प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाहमाथि तीव्र राजनीतिक

नेपाल वायुसेवा निगममा नयाँ कार्यकारी नेतृत्व, महेश्वरभक्त श्रेष्ठलाई दोहोरो जिम्मेवारी

काठमाडौं । नेपाल वायुसेवा निगम (नेवानी) ले नयाँ कार्यकारी नेतृत्व

गणेश प्रकरणपछि सडकमा फर्कियो महानगर प्रहरी, ‘सेवा रोकिँदैन’ भन्दै एसएसपी जोशीको सन्देश

काठमाडौं । गणेश नेपालीको मृत्यु प्रकरणपछि केही दिन सडकबाट लगभग

सरकारी विज्ञापनमा एकाधिकार असंवैधानिक, सर्वोच्चले सरकारको निर्णय बदर गर्‍यो

काठमाडौं । सर्वोच्च अदालतले सरकारी विज्ञापन सरकारी स्वामित्वका सञ्चारमाध्यममा मात्रै