२०८३, १४ कार्तिक शनिबार

गोरखामा बेपत्ता व्यक्ति मृत फेला, खोजीमा संलग्न अर्का स्थानीयको पनि ज्यान गयो

गोरखामा बेपत्ता व्यक्ति मृत फेला, खोजीमा संलग्न अर्का स्थानीयको पनि ज्यान गयो


गोर्खा । गोरखामा बेपत्ता पुरुष मृत फेला, खोजीमा गएका व्यक्तिको पनि लडेर मृत्यु गोर्खा । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–६ सिप्चेतका रिनजिन लामा मृत अवस्थामा फेला परेका छन् । अन्दाजी ४३ वर्षीय उनी सोही स्थान नजिकै मृत फेला परेको प्रहरीले जनाएको छ । गत सोमबार बिजुलीको बिल तिर्न तिर्न घरबाट निस्केका लामा सोही दिनदेखि सम्पर्कविहीन थिए । बिहीबार बिहान करिब ९ बजे गोरेटो बाटोबाट अन्दाजी १ सय ५० मिटर तल बुट्यानमा उनको शव फेला परेको स्थानीयको भनाइ उदृत गर्दै गोरखाका डीएसपी इन्द्रप्रसाद सुवेदीले बताए । शव फेला परेसँगै आफन्तलाई खबर गर्न जाने क्रममा लडेर स्थानीय हिसे दोर्जेको पनि मृत्यु भएको उनले जानकारी दिए । ‘लामाको खोजी कार्यमा उनी पनि संलग्न थिए,’ उनले भने, ‘शव भेटेपछि आफन्तलाई खबर गर्न जाने क्रममा भिरबाट लडेर उनको पनि घटनास्थलमै ज्यान गएछ ।’ गोरेटोबाटो भन्दा अन्दाजी एक सय मिटर तल बुट्यानमा उनको शव फेला परेको डीएसपी सुवेदीले जानकारी दिए । उनका अनुसार प्रहरी घटनास्थलमा पुगिसकेको छ । थप अनुसन्धानका लागि जिल्लाबाट प्रहरी निरीक्षक सरोज कार्कीको टोली घटनास्थलतर्फ खटिएको उनले बताए । घटनास्थल पुग्न गोरखा सदरमुकामबाट करिब दुई दिन लाग्छ ।

प्रकाशित मिति : २०८२, ५ भाद्र बिहीबार  ५ : ३१ बजे

भैरहवाको बदलिँदो पहिचान : गाउँबाट व्यापारिक सहर,

रुपन्देही । कुनै समय ढुंगैढुंगाका बाटा, फुसका घर, झाडी र

पत्रकार पक्राउ र सञ्चारगृहमाथिको हस्तक्षेपविरुद्ध माइतीघरमा पत्रकारको प्रदर्शन

काठमाडौं । पत्रकार पक्राउ, सञ्चारगृहमाथि धरपकड र न्यूजरुममा प्रहरी हस्तक्षेप

पहिरोले बिपी राजमार्ग अवरुद्ध, पिन्थली र गिम्दीबेँसीमा सडक बन्द

काभ्रेपलाञ्चोक । निरन्तर वर्षासँगै पहिरो खस्दा बिपी राजमार्ग पूर्ण रूपमा

रास्वपाको सचिवालय बैठक आज, बिहान ११ बजे बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज सचिवालय बैठक

उपत्यकामा २४ घण्टामा ३१४ सवारीसाधनमाथि ट्राफिक प्रहरीको कारबाही

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ३१४ वटा