२०८३, २७ भाद्र आईतबार

सिन्धुलीमा अनेमसंघको भव्य तीज कार्यक्रम, महिला नेतृहरु उत्साहित

सिन्धुलीमा अनेमसंघको भव्य तीज कार्यक्रम, महिला नेतृहरु उत्साहित


सिन्धुली । नेकपा एमाले सम्बद्ध अखिल नेपाल महिला संघ सिन्धुलीले आज बुधवार सिन्धुलीमा भव्य तीज कार्यक्रमको आयोजना गरेको छ । अनेमसंघ सिन्धुलीकी अध्यक्ष शान्ता पाख्रिनको अध्यक्षता एवम् अनेमसंघकी केन्द्रीय कोषाध्यक्ष इन्दिरा फुयाँलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम अहिलेसम्मकै सबैभन्दा बढी महिला उपस्थित भएको कार्यक्रमको रुपमा लिइएको छ ।
अनेमसंघले आयोजना गरेको तीज कार्यक्रममा यतिधेरै महिलाहरु उपस्थित भएको पहिलो कार्यक्रम बनेको देखिएको हो । कार्यक्रमलाई प्रमुख अतिथिका रुपमा सम्बोधनगर्दै नेता फुयाँलले महिला मुक्ति आन्दोलनसँग तीज पर्वलाई जोडेर लैजानुपर्ने बताउँदै अधिकारसँग कर्तव्य बोध पनि जरुरी रहेको उल्लेख गरिन् ।


कार्यक्रमलाई नेकपा एमालेकी केन्द्रीय सदस्य उमा कोइराला, निरु दर्लामी, बरिष्ठ नेता खड्ग खत्री, जिल्ला अध्यक्ष महेन्द्रदेव श्रेष्ठ र उपाध्यक्ष एवम् प्रचार तथा प्रकाशन विभाग प्रमुख कर्ण घिसिङ लगायतले सम्वोधन गरेका थिए ।


कार्यक्रमको समापनगर्दै अनेमसंघकी जिल्ला अध्यक्ष शान्ता पाख्रिनले कार्यक्रममा सहभागी भएका सम्पूर्ण दिदी बहिनीहरुलाई धन्यवाद ज्ञापनगर्दै महिला अधिकारको रक्षाका लागि सबै गोलबन्द हुन आग्रह गरेकी थिइन् ।
कमलामाई पार्टी प्यालेसको सभाहलमा खचाखच भरिएका महिलाहरुले महिला मुक्ति आन्दोलनसँग सम्बन्धित गीतहरुमा नृत्य प्रस्तुत गरेका थिए । अनमेसंघकी जिल्ला सचिव शारदा ढकालले सञ्चालन गरेको कार्यक्रममा विभिन्न पालिका कमिटीबाट महिलाहरु सहभागी भएको महिला नेतृ रेजिना श्रेष्ठले जानकारी दिइन् ।


जिल्ला अधिवेशनका बेला अहिलेको नेतृत्वले केही गर्न सक्दैन भन्नेहरुलाई आजको कार्यक्रमले जवाफ दिएको देखिएको छ । आजको उपस्थितिले भने आयोजक महिला नेतृहरु उत्साहित बनेका छन् ।

प्रकाशित मिति : २०८२, ४ भाद्र बुधबार  १० : २२ बजे

सिन्धुलीको मासु प्रशोधन उद्योगमा छापामारी, गैरकानूनी रूपमा कामगर्दै चिनियाँहरू

सिन्धुली । निर्माणाधिन सिन्धुलीको मासु प्रशोधन उद्योगमा आज अध्यागमन विभाग

ग्यास अभाव विवाद चर्किएपछि उद्योगमन्त्री यादवको राजीनामा

काठमाडौं । ग्यास अभावको समस्या समाधान गर्न नसकेको भन्दै चौतर्फी आलोचना

बाढीपहिरो पीडितको उद्धार तथा राहतका लागि टेक्नो मोबाइलद्वारा १० लाख रुपैयाँ सहयोग

काठमाडौँ ।  अविरल वर्षाका कारण उत्पन्न बाढीपहिरो तथा प्राकृतिक विपद्बाट

केम्पो ओपन कपमा प्रतिस्पर्धा गर्न नेपाली टोली पोर्चुगल प्रस्थान

काठमाडौं । विश्वका करिब ३० देशका खेलाडी सहभागी हुने अन्तर्राष्ट्रिय

गगन थापा स्याङ्जा जाँदै, गोपालमान श्रेष्ठको ४५औँ पुण्यकार्यमा सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा स्याङ्जा जाने भएका छन्।