२०८२, २८ पुस सोमबार

तीजलाई एकता र सशक्तीकरणको पर्वका रूपमा मनाउनुपर्छ : सचिव अर्याल

तीजलाई एकता र सशक्तीकरणको पर्वका रूपमा मनाउनुपर्छ : सचिव अर्याल


काठमाडौँ । नेकपा (एमाले) का सचिव पद्यम अर्यालले तीज पर्वलाई महिला एकता, सशक्तीकरण र मौलिक संस्कृति संरक्षणको माध्यमका रूपमा मनाउनुपर्नेमा जोड दिनुभएको छ । प्रेस चौतारी नेपालद्वारा आयोजित ‘तीज मिलन’ कार्यक्रममा बोल्दै उहाँले तीजको ऐतिहासिक महत्वलाई सम्झँदै नयाँ पुस्ताले यसको मूल्य र मौलिकता जोगाउनुपर्ने आवश्यकता औंल्याउनुभयो ।

“हाम्रो पुस्ताले तीजलाई सामाजिक विभेदको पर्खाल भत्काउने अस्त्र बनायौं,” पूर्वमन्त्रीसमेत रहनुभएकी सचिव अर्यालले भन्नुभयो, “अबको पुस्ताले यसलाई महिला सशक्तीकरण र संस्कृतिको संरक्षण गर्ने पर्वका रूपमा अघि बढाउनुपर्छ ।”

उहाँका अनुसार तीज केवल गीत, नाच र रमाइलोको पर्व मात्र नभएर महिलाहरूले माइतीमा आएर आफ्ना पीडा, भावनाहरू पोख्ने संवेदनशील अवसर हो। यसले तीजलाई आँशु, खुशी र इतिहासको पर्व बनाएको बताउँदै उहाँले महिलाहरूका आवाज बुलन्द बनाउन यस्ता संस्कृतिक पर्वको महत्व बढिरहेको उल्लेख गर्नुभयो । कार्यक्रममा नेकपा (एमाले)का प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले तीजलाई दिदीबहिनीबीचको आत्मीयता साटासाट गर्ने पर्वका रूपमा लिँदै यसको प्रयोग लैङ्गिक समानताको सन्देश फैलाउन गरिनु पर्ने धारणा व्यक्त गर्नुभयो ।

नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले तीजजस्ता पर्वहरू व्यवसायिक पत्रकारितामा सक्रिय महिलाहरूबीच आत्मीयता र संवाद बढाउने अवसर भएको बताउँदै, यस्ता कार्यक्रमले महिला सञ्चारकर्मीहरूलाई अझ ऊर्जा दिने विश्वास व्यक्त गर्नुभयो । प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डेले वर्षभर व्यस्त रहने महिला पत्रकारहरूका लागि आपसी भेटघाट र भलाकुसारीको अवसर प्रदान गर्ने उद्देश्यले तीज मिलन कार्यक्रमको आयोजना गरिएको जानकारी दिनुभयो ।

कार्यक्रममा पत्रकार बबिता बस्नेतले तीज पर्वलाई महिला पत्रकारका मुद्दा उठाउने प्लेटफर्मका रूपमा समेत उपयोग गर्न सकिने धारणा राख्दै, पर्वलाई खुशी, उत्साह र समानताको सन्देशका साथ मनाउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रमको समापनमा तीजसम्बन्धी सांस्कृतिक प्रस्तुति गरिएको थियो, जसले उपस्थित सहभागीहरूलाई थप उत्साहित बनाएको थियो ।

प्रकाशित मिति : २०८२, ४ भाद्र बुधबार  ९ : ४४ बजे

विशेष महाधिवेशन विवादबीच देउवा र राष्ट्रपति भेट : रणनीति वा नयाँ संकेत के होला ?

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट

उज्यालो नेपालको बैठक बोलाएर आधा घन्टामै स्थगित, फेरि के पाक्दैछ ?

काठमाडौं। नयाँ राजनीतिक पहलका रूपमा चर्चामा रहेको ‘उज्यालो नेपाल’ अभियानको

एमालेको समानुपातिक सूचीमा थपिए सत्यदेवी खड्का र टेकबहादुर घतानी

काठमाडौँ। नेकपा एमालेले निर्वाचन आयोगमा पेश गरेको समानुपातिक बन्दसूचीमा दुई

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक जारी

काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकमा महामन्त्रीद्वय गगन थापा

इरान संकट, ऊर्जा राजनीति र होर्मुज जलडमरूको रणनीतिक खेल

इरानमा चर्किएको राजनीतिक संकट केवल शासन र सडकबीचको टकराव होइन,