२०८३, १४ कार्तिक शनिबार

युएई सरकारद्वारा १२० नेपाली कैदीलाई आममाफी

युएई सरकारद्वारा १२० नेपाली कैदीलाई आममाफी


काठमाडौँ । इस्लाम धर्मावलम्बीहरूको महान् पर्व अल अधाको अवसरमा संयुक्त अरब इमिरेट्स (युएई) सरकारले विभिन्न अपराधका अभियोगमा जेल सजाय भोगिरहेका एक सय बीस (१२०) नेपाली नागरिकलाई आममाफी प्रदान गरेको छ ।

नेपाली राजदूतावास, अबुधाबीले दिएको जानकारी अनुसार, युएई सरकारको विशेष निर्णयअनुसार ती नेपाली नागरिकहरूलाई बाँकी कैद सजाय माफ गरी रिहा गरिएको हो । आममाफीपछि उनीहरू चाँडै नेपाल फर्किने तयारीमा छन् ।

राजदूतावासले आममाफीको प्रकृया सहज र शीघ्र बनाउन सम्बन्धित निकायहरूसँग समन्वय गरिरहेको जानकारी दिएको छ । युएई सरकारले हरेक वर्ष धार्मिक तथा राष्ट्रिय पर्वहरूको अवसरमा विभिन्न देशका कैदीहरूलाई आममाफी दिने परम्परा अनुसार यसपटक नेपाली नागरिकहरू समेत समेटिएका हुन् ।

यो आममाफीले युएईमा कार्यरत नेपाली समुदायमा राहत र सकारात्मक सन्देश पुर्‍याएको छ। साथै, यस्तो कदमले नेपाल–युएई सम्बन्ध थप सुदृढ हुने विश्वास गरिएको छ ।

परराष्ट्र मन्त्रालयले पनि युएई सरकारप्रति आभार प्रकट गर्दै आममाफी प्राप्त नेपालीहरूलाई पुनः समाजमा समायोजन गर्ने विषयमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।

प्रकाशित मिति : २०८२, १ भाद्र आईतबार  ३ : ०९ बजे

भैरहवाको बदलिँदो पहिचान : गाउँबाट व्यापारिक सहर,

रुपन्देही । कुनै समय ढुंगैढुंगाका बाटा, फुसका घर, झाडी र

पत्रकार पक्राउ र सञ्चारगृहमाथिको हस्तक्षेपविरुद्ध माइतीघरमा पत्रकारको प्रदर्शन

काठमाडौं । पत्रकार पक्राउ, सञ्चारगृहमाथि धरपकड र न्यूजरुममा प्रहरी हस्तक्षेप

पहिरोले बिपी राजमार्ग अवरुद्ध, पिन्थली र गिम्दीबेँसीमा सडक बन्द

काभ्रेपलाञ्चोक । निरन्तर वर्षासँगै पहिरो खस्दा बिपी राजमार्ग पूर्ण रूपमा

रास्वपाको सचिवालय बैठक आज, बिहान ११ बजे बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज सचिवालय बैठक

उपत्यकामा २४ घण्टामा ३१४ सवारीसाधनमाथि ट्राफिक प्रहरीको कारबाही

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ३१४ वटा