२०८३, २७ भाद्र आईतबार

श्रीकृष्ण जन्माष्टमी विशेष भगवान् श्रीकृष्णको स्मरण गर्दै

श्रीकृष्ण जन्माष्टमी विशेष भगवान् श्रीकृष्णको स्मरण गर्दै


काठमाडौं । आज देशभर भगवान् श्रीकृष्णको स्मरण र आराधनामा श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदैछ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता, महाभारतका उपदेशक र गीताका दिव्य वाणीदाताका रूपमा श्रीकृष्णलाई सम्झिन्छ । द्वापरयुगमा भाद्र कृष्ण अष्टमीको मध्यरातमा जेलभित्र जन्मिएका उनी अन्याय, अधर्म र अज्ञान नाशका प्रतीक मानिन्छन् ।

श्रीकृष्णलाई संरक्षण, सत्य र धर्मको पक्षधर, समाजलाई न्यायको बाटो देखाउने मार्गदर्शकका रूपमा पूजा गर्ने परम्परा छ। यदा यदा हि धर्मस्य ग्लानिर्भवति भारतू भन्ने गीता उपदेशका कारण उनलाई धर्मरक्षक अवतारका रूपमा श्रद्धा गरिन्छ । आज पाटनको प्रसिद्ध कृष्ण मन्दिर, बूढानीलकण्ठस्थित इस्कोन मन्दिर, कागेश्वरी मनोहरास्थित नवतनधामसहित देशभरका कृष्ण मन्दिरमा विशेष पूजा, भजन–कीर्तन, प्रवचन र व्रतसहित जाग्राम गर्ने परम्परा छ। राजधानीका विभिन्न ठाउँमा झाँकी, शोभायात्रा र रथयात्रा पनि हुनेछन् ।

भक्तजनहरू भगवान् श्रीकृष्णलाई करुणा, माया, धर्म र ज्ञानको प्रकाशका रूपमा आराधना गर्दै आजको दिन भक्ति र आध्यात्मिकतामा समर्पित गर्ने गर्दछन् ।

प्रकाशित मिति : २०८२, ३१ श्रावण शनिबार  ९ : ४५ बजे

सिन्धुलीको मासु प्रशोधन उद्योगमा छापामारी, गैरकानूनी रूपमा कामगर्दै चिनियाँहरू

सिन्धुली । निर्माणाधिन सिन्धुलीको मासु प्रशोधन उद्योगमा आज अध्यागमन विभाग

ग्यास अभाव विवाद चर्किएपछि उद्योगमन्त्री यादवको राजीनामा

काठमाडौं । ग्यास अभावको समस्या समाधान गर्न नसकेको भन्दै चौतर्फी आलोचना

बाढीपहिरो पीडितको उद्धार तथा राहतका लागि टेक्नो मोबाइलद्वारा १० लाख रुपैयाँ सहयोग

काठमाडौँ ।  अविरल वर्षाका कारण उत्पन्न बाढीपहिरो तथा प्राकृतिक विपद्बाट

केम्पो ओपन कपमा प्रतिस्पर्धा गर्न नेपाली टोली पोर्चुगल प्रस्थान

काठमाडौं । विश्वका करिब ३० देशका खेलाडी सहभागी हुने अन्तर्राष्ट्रिय

गगन थापा स्याङ्जा जाँदै, गोपालमान श्रेष्ठको ४५औँ पुण्यकार्यमा सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा स्याङ्जा जाने भएका छन्।