२०८३, १४ कार्तिक शनिबार

श्रीकृष्ण जन्माष्टमी विशेष भगवान् श्रीकृष्णको स्मरण गर्दै

श्रीकृष्ण जन्माष्टमी विशेष भगवान् श्रीकृष्णको स्मरण गर्दै


काठमाडौं । आज देशभर भगवान् श्रीकृष्णको स्मरण र आराधनामा श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदैछ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता, महाभारतका उपदेशक र गीताका दिव्य वाणीदाताका रूपमा श्रीकृष्णलाई सम्झिन्छ । द्वापरयुगमा भाद्र कृष्ण अष्टमीको मध्यरातमा जेलभित्र जन्मिएका उनी अन्याय, अधर्म र अज्ञान नाशका प्रतीक मानिन्छन् ।

श्रीकृष्णलाई संरक्षण, सत्य र धर्मको पक्षधर, समाजलाई न्यायको बाटो देखाउने मार्गदर्शकका रूपमा पूजा गर्ने परम्परा छ। यदा यदा हि धर्मस्य ग्लानिर्भवति भारतू भन्ने गीता उपदेशका कारण उनलाई धर्मरक्षक अवतारका रूपमा श्रद्धा गरिन्छ । आज पाटनको प्रसिद्ध कृष्ण मन्दिर, बूढानीलकण्ठस्थित इस्कोन मन्दिर, कागेश्वरी मनोहरास्थित नवतनधामसहित देशभरका कृष्ण मन्दिरमा विशेष पूजा, भजन–कीर्तन, प्रवचन र व्रतसहित जाग्राम गर्ने परम्परा छ। राजधानीका विभिन्न ठाउँमा झाँकी, शोभायात्रा र रथयात्रा पनि हुनेछन् ।

भक्तजनहरू भगवान् श्रीकृष्णलाई करुणा, माया, धर्म र ज्ञानको प्रकाशका रूपमा आराधना गर्दै आजको दिन भक्ति र आध्यात्मिकतामा समर्पित गर्ने गर्दछन् ।

प्रकाशित मिति : २०८२, ३१ श्रावण शनिबार  ९ : ४५ बजे

भैरहवाको बदलिँदो पहिचान : गाउँबाट व्यापारिक सहर,

रुपन्देही । कुनै समय ढुंगैढुंगाका बाटा, फुसका घर, झाडी र

पत्रकार पक्राउ र सञ्चारगृहमाथिको हस्तक्षेपविरुद्ध माइतीघरमा पत्रकारको प्रदर्शन

काठमाडौं । पत्रकार पक्राउ, सञ्चारगृहमाथि धरपकड र न्यूजरुममा प्रहरी हस्तक्षेप

पहिरोले बिपी राजमार्ग अवरुद्ध, पिन्थली र गिम्दीबेँसीमा सडक बन्द

काभ्रेपलाञ्चोक । निरन्तर वर्षासँगै पहिरो खस्दा बिपी राजमार्ग पूर्ण रूपमा

रास्वपाको सचिवालय बैठक आज, बिहान ११ बजे बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज सचिवालय बैठक

उपत्यकामा २४ घण्टामा ३१४ सवारीसाधनमाथि ट्राफिक प्रहरीको कारबाही

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ३१४ वटा