२०८२, १७ पुस बिहीबार

जनकपुरधाममा पत्रकारमाथि योजनाबद्ध हमला, प्रेस चौतारीको कडा चेतावनी

जनकपुरधाममा पत्रकारमाथि योजनाबद्ध हमला, प्रेस चौतारीको कडा चेतावनी


जनकपुरधाम । जनकपुरधामस्थित नेपाल पत्रकार महासंघ, मधेस प्रदेश समितिको कार्यालय निर्माणस्थलमा साउन २७ गते भएको हिंसात्मक आक्रमणप्रति प्रेस चौतारी नेपालले तीव्र आक्रोश व्यक्त गर्दै दोषीमाथि तत्काल कानूनी कारबाहीको माग गरेको छ। संगठनले घटनालाई प्रेस स्वतन्त्रतामाथि गरिएको ठाडो युद्धको घोषणा बराबर भनेको छ।

घटनामा नेपाल बार एसोसिएसन धनुषाका पदाधिकारीहरूको नेतृत्वमा कार्यालय निर्माणस्थल कब्जा गर्ने प्रयास गर्दै पत्रकार महासंघ मधेस प्रदेशका अध्यक्ष श्याम बन्जारा, उपाध्यक्ष ज्योति झा, महासचिव शैलेन्द्र क्रान्ति र पत्रकार दिवाकर साहमाथि समन्वित हमला गरिएको थियो। आक्रमणका क्रममा महासचिव क्रान्तिको खुट्टा भाँचिएको छ भने पत्रकार साहको टाउकोमा गम्भीर चोट लागेको छ ।

“बार एसोसिएसनको आवरणमा गरिएको गुण्डागर्दीले न केवल पत्रकार समुदायलाई अपमानित बनाएको छ, यो कार्यले न्यायप्रेमी समाजकै मुटुमा चोट पुर्‍याएको छ,” प्रेस चौतारीको विज्ञप्तिमा उल्लेख छ। संगठनले घाइते पत्रकारहरूको सम्पूर्ण उपचार खर्च अपराधी पक्षबाट असुल गर्न, घटनामा संलग्न सबैलाई तत्काल कानूनी दायरामा ल्याउन र भविष्यमा यस्ता घटना दोहोरिन नदिने ग्यारेन्टी गर्न राज्यलाई अल्टिमेटम दिएको छ । प्रेस चौतारीले चेतावनी दिँदै भनेको छ – “यदि राज्य मौन रह्यो भने, हामी प्रतिकारका लागि सडकदेखि सदनसम्म उत्रन बाध्य हुनेछौं ।”

प्रकाशित मिति : २०८२, २९ श्रावण बिहीबार  ८ : १९ बजे

अडियोदेखि बैंक लेनदेनसम्म, ७ प्रमाणले थुनामा पुगे पूर्वमन्त्री गुप्ता

काठमाडौं। पोखराको लिचीबारी जग्गा प्रकरणमा घुस लिएको अभियोगमा विशेष अदालतले

नेपाल बैंक र नेशनल प्याथ ल्याब रिसर्च सेन्टरबीच विशेष छुट सम्झौता

काठमाडौं । नेपाल बैंक लिमिटेड र नेशनल प्याथ ल्याब रिसर्च

माछापुच्छ्रे बैंक र स्मार्ट पे “साइप्रस” बीच रेमिट्यान्स सम्झौता

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले साइप्रसस्थित स्मार्ट पे सँग औपचारिक

महालक्ष्मी विकास बैंकद्वारा नयाँ वर्ष अवसरमा सुनचाँदी धितो कर्जा

काठमाडौं । अंग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा महालक्ष्मी विकास

पूर्वमन्त्री राजकुमार गुप्ता थुनामा पठाइने

काठमाडौँ । पोखराको लिचीबारी भ्रष्टाचार प्रकरणमा पूर्व सङ्घीय मामिला तथा