२०८३, १२ कार्तिक बिहीबार

आज पहाडी भू–भागमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह

आज पहाडी भू–भागमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह


काठमाडौं । देशभर मनसुन सक्रिय रहेका कारण आइतबार देशका विभिन्न पहाडी भू–भागमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ ।

हाल देशभर सामान्य बदली भएको मौसमविद्हरूले बताएका छन् । गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम र बागमती प्रदेशका केही स्थानहरूमा तथा अन्य प्रदेशका एक-दुई स्थानमा मध्यम वर्षा भइरहेको छ। मनसुनको न्यून चापीय रेखा अहिले नेपालको तराई क्षेत्रमा सक्रिय रहेकाले वर्षा बढ्ने क्रम जारी रहेको विभागले जनाएको छ ।

दिउँसो र राति दुबै समयमा देशभर सामान्य बदली रहने अनुमान गरिएको छ । आज दिउँसो विशेषगरी सुदूरपश्चिम, कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा धेरै स्थानहरूमा मध्यम वर्षा र केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

रातिको समयमा पनि देशका पहाडी भू–भागका केही स्थान र अन्य भागका थोरै स्थानहरूमा मध्यम वर्षा हुनसक्ने विभागले जनाएको छ ।

वर्षा बढेसँगै बाढी, डुबान र पहिरोको सम्भावना उच्च हुने भएकाले विभागले सर्वसाधारणलाई सतर्क रहन र मौसमसम्बन्धी पछिल्लो जानकारी नियमितरूपमा लिन आग्रह गरेको छ । स्थानीय प्रशासन, विपद् व्यवस्थापन निकाय र सरोकारवाला पक्षहरूलाई समेत आवश्यक तयारी र सतर्कता अपनाउन आग्रह गरिएको छ ।

प्रकाशित मिति : २०८२, २५ श्रावण आईतबार  ७ : ४४ बजे

चार घण्टा रवि–बालेनको गोप्य संवाद, ठाकुर गैरेको प्रश्न-‘खिल निस्कियो कि थपियो ?’

काठमाडौं। प्रधानमन्त्री बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति

कांग्रेस इतर समूहले भन्यो : ९० क्षेत्रको क्षेत्रीय अधिवेशन सकियो 

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले १५ औं महाधिवेशन

मंसिरभर जनतामाझ जाने कांग्रेसको तयारी, गगनले घोषणा गरे ‘कांग्रेस तयार छ’ अभियान

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले महाधिवेशनबाट पारित नीति

स्पेनको रेल दुर्घटनाप्रति नेपालद्वारा दुःख व्यक्त

काठमाडौं । स्पेनको टोलेडो प्रान्तमा भएको दु:खद रेल दुर्घटनाप्रति नेपाल

एनपीएल : कर्णालीले टस जित्यो, विराटनगरलाई ब्याटिङ

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको दोस्रो खेलमा कर्णाली