२०८३, ९ भाद्र बुधबार

अक्षयकोषमा पूर्वमन्त्री रेशम लामाद्वारा १ लाख १ हजार सहयोग

अक्षयकोषमा पूर्वमन्त्री रेशम लामाद्वारा १ लाख १ हजार सहयोग


काभ्रे । प्रेस चौतारी नेपाल काभ्रे शाखाले स्थापना गरेको पत्रकार अक्षयकोषमा पूर्वराज्यमन्त्री तथा नेकपा एमालेका केन्द्रीय सदस्य रेशम लामाले १ लाख १ हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन् । लामाले आफ्नो जन्मदिनको अवसरमा चौतारी काभ्रे शाखाको कार्यालयमै पुगेर उक्त रकम अध्यक्ष केदार तिमल्सिनासहित पदाधिकारीहरूको उपस्थितिमा हस्तान्तरण गरेका हुन् ।

सहयोग रकम हस्तान्तरण गर्दै नेता लामाले प्रेस स्वतन्त्रता र पत्रकार सुरक्षाको सवालमा पत्रकारहरूसँग ऐक्यबद्धता जनाउँदै अक्षयकोषमा योगदान दिन पाएकोमा खुशी व्यक्त गरे । नागरिक अधिकारका लागि निरन्तर खटिने पत्रकारहरूलाई सहयोग गर्ने उद्देश्यले स्थापना गरिएको कोषमा सहभागी हुन पाउँदा गर्व लागेको छ,ू लामाले भने, ूकोषको प्रगति र व्यावसायिक पत्रकारिताको सफलताका लागि शुभकामना व्यक्त गर्दछु । कार्यक्रममा प्रेस चौतारी काभ्रेका अध्यक्ष केदार तिमल्सिनाले लामाको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै, अक्षयकोषले जिल्लामा क्रियाशील पत्रकारहरूको हकहित र आवश्यक परेमा आपत्कालीन सहयोगमा उपयोग हुने जानकारी दिए। उनका अनुसार प्रेस चौतारीले पत्रकारहरूको क्षमता अभिवृद्धि, संस्थागत विकास र व्यावसायिकतामा जोड दिँदै कार्य योजना अघि बढाएको छ ।

उक्त अवसरमा पूर्वमन्त्री लामाको जन्मोत्सव समेत मनाइएको थियो। साथै, उनले चौतारीको कार्यालयको दुई महिनाको भाडा तिर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।

प्रकाशित मिति : २०८२, २२ श्रावण बिहीबार  ८ : ५३ बजे

रसुवा बाढी : नेपाली सेना र निजी क्षेत्रले गर्यो ११४ जनाको हवाई उद्धार 

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज बिहान भीषण बाढी आएलगत्तै

रसुवा बाढी व्यवस्थापनका लागि कांग्रेसले बनायो समन्वय समिति

काठमाडौं । नेपाली कांग्रेसले रसुवामा आएको भीषण बाढीपछि उद्धार, राहत

बाढीपहिरोका कारण कांग्रेसको महिला उद्यमशीलता सम्मेलन स्थगित

काठमाडौं । देशका विभिन्न स्थानमा बाढी तथा प्रतिकूल मौसमका कारण

रसुवा बाढी प्रभावितलाई डब्ल्युएचओको स्वास्थ्य सामग्री सहयोग, १ हजार जनाका लागि औषधि पठाइँदै

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले रसुवाको भोटेकोशी नदीमा आएको

बाढीको जोखिमले काठमाडौंबाट धादिङ, रसुवा र चितवन जाने गाडि काठमाडौंमै रोकिए

काठमाडौं । चीनतर्फबाट आएको भीषण बाढी भोटेकोशी हुँदै त्रिशूली नदीतर्फ