२०८३, २७ भाद्र आईतबार

जलवाष्पयुक्त हावाको प्रभाव कमजोर, कोशी, बागमती र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना

जलवाष्पयुक्त हावाको प्रभाव कमजोर, कोशी, बागमती र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना


काठमाडौं । हाल नेपालमा मनसुन सक्रिय रहँदा पनि जलवाष्पयुक्त हावाको प्रभाव केही कमजोर देखिएको छ। मनसुनको न्यून चापीय रेखा नेपालका तराई भू-भागमा सरदर स्थानको उत्तरतर्फ रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार हाल कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानहरूमा छिटपुटदेखि हल्का वर्षा भइरहेको छ। पछिल्लो एक घन्टामा उदयपुरको उदयपुरगढीमा १२.६ मिलिमिटर, सिन्धुपाल्चोकको धापमा ४.२ मिलिमिटर र बासखर्कमा ४ मिलिमिटर वर्षा मापन गरिएको छ।

आजको दिनभर कोशी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्रका केही स्थानहरूमा मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ। त्यस्तै, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा समेत एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना रहेको मौसम महाशाखाले जनाएको छ।

देशको पहाडी भू-भागमा सामान्यतया बदली रहनेछ भने अन्य भागहरूमा आंशिक बदलीको अवस्था रहने महाशाखाको बुलेटिनमा उल्लेख गरिएको छ।

आज राति पनि मौसम साधारणतया बदली रहनेछ। विशेषगरी मधेस, कोशी र लुम्बिनी प्रदेशका तराई तथा पहाडी भू–भागका केही स्थानमा मध्यम वर्षा र कोशी प्रदेशको पहाडी भागका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ।

मौसमविद्हar ले पहाडी क्षेत्रमा निरन्तर वर्षाले बाढी, पहिरो तथा नदी तटीय क्षेत्रमा डुबानको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई अनुरोध गरेका छन्।

प्रकाशित मिति : २०८२, २२ श्रावण बिहीबार  ८ : ४१ बजे

सिन्धुलीको मासु प्रशोधन उद्योगमा छापामारी, गैरकानूनी रूपमा कामगर्दै चिनियाँहरू

सिन्धुली । निर्माणाधिन सिन्धुलीको मासु प्रशोधन उद्योगमा आज अध्यागमन विभाग

ग्यास अभाव विवाद चर्किएपछि उद्योगमन्त्री यादवको राजीनामा

काठमाडौं । ग्यास अभावको समस्या समाधान गर्न नसकेको भन्दै चौतर्फी आलोचना

बाढीपहिरो पीडितको उद्धार तथा राहतका लागि टेक्नो मोबाइलद्वारा १० लाख रुपैयाँ सहयोग

काठमाडौँ ।  अविरल वर्षाका कारण उत्पन्न बाढीपहिरो तथा प्राकृतिक विपद्बाट

केम्पो ओपन कपमा प्रतिस्पर्धा गर्न नेपाली टोली पोर्चुगल प्रस्थान

काठमाडौं । विश्वका करिब ३० देशका खेलाडी सहभागी हुने अन्तर्राष्ट्रिय

गगन थापा स्याङ्जा जाँदै, गोपालमान श्रेष्ठको ४५औँ पुण्यकार्यमा सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा स्याङ्जा जाने भएका छन्।