२०८३, २४ जेष्ठ सोमबार

यी प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

यी प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह


काठमाडौं । देशभर मनसुन सक्रिय रहेका कारण सोमबार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही भागहरूमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ सरेको छ, जसका कारण वर्षा गराउने प्रणाली नेपालका तराई नजिकै सक्रिय रहेको छ ।

आज बिहान मधेश प्रदेशमा हल्का देखि मध्यम वर्षा भइरहेको छ भने अन्य प्रदेशका तराई भूभागहरूमा पनि पानी परिरहेको छ। दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ र अधिकांश स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ ।

भारी वर्षाको उच्च सम्भावना
महाशाखाका अनुसार दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुन सक्नेछ। यस्तै, रातिको समयमै पनि कोशी, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा मध्यम वर्षा हुने सम्भावना रहेको छ।

साथै, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा राति भारीदेखि धेरै भारी वर्षा पनि हुन सक्ने सम्भावना रहेकोले महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ ।

सावधानी अपनाउन सुझाव
भारी वर्षाले बाढी, पहिरो, भू–स्खलनजस्ता विपद् निम्त्याउन सक्ने भएकाले जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सतर्क रहन मौसमविद्हरूले सुझाव दिएका छन्। साथै यात्रु, कृषक, तथा निर्माण कार्यमा संलग्न सबै पक्षलाई मौसमअनुसार योजना बनाउन र आवश्यक सुरक्षात्मक उपायहरू अपनाउन आग्रह गरिएको छ।

प्रकाशित मिति : २०८२, १९ श्रावण सोमबार  ९ : ०४ बजे

सम्पत्ति शुद्धीकरण मुद्दाः दीपक भट्ट र शुलभ अग्रवालमाथि थप तीन दिन हिरासत

काठमाडौं । सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका दीपक भट्ट र

विश्व वातावरण दिवस : नाराभन्दा बढी कार्यान्वयनको आवश्यकता

काठमाडौं । आज विश्व वातावरण दिवस देशभर विभिन्न कार्यक्रमका साथ