२०८३, २७ भाद्र आईतबार

आज यी स्थानमा भारी वर्षाको सम्भावना

आज यी स्थानमा भारी वर्षाको सम्भावना


काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले देशभर साधारणतया बदली रहेको छ । कोशी र बागमती प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर साधारणतया बदली रहने छ भने सबै प्रदेशका धेरै स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यसैगरी,महाशाखाका अनुसार, आज राति देशभर साधारणतया बदली रहने छ भने  कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत बाँकी तराई भूभागका धेरै स्थान तथा पहाडी भूभागका केही स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । कोशी, मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

बागमती प्रदेशको पहाडी भूभागका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको र आगामी केही दिन मधेश प्रदेश लगायत देशभर मनसुन थप सक्रिय हुने देखिएकाले सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा पछिल्लो मौसमी सूचनाको जानकारी लिई सतर्क रहन महाशाखाले अनुरोध गरेको छ ।

कोशी, मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागमा भारी वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध छ ।

प्रकाशित मिति : २०८२, १८ श्रावण आईतबार  ८ : ३३ बजे

सिन्धुलीको मासु प्रशोधन उद्योगमा छापामारी, गैरकानूनी रूपमा कामगर्दै चिनियाँहरू

सिन्धुली । निर्माणाधिन सिन्धुलीको मासु प्रशोधन उद्योगमा आज अध्यागमन विभाग

ग्यास अभाव विवाद चर्किएपछि उद्योगमन्त्री यादवको राजीनामा

काठमाडौं । ग्यास अभावको समस्या समाधान गर्न नसकेको भन्दै चौतर्फी आलोचना

बाढीपहिरो पीडितको उद्धार तथा राहतका लागि टेक्नो मोबाइलद्वारा १० लाख रुपैयाँ सहयोग

काठमाडौँ ।  अविरल वर्षाका कारण उत्पन्न बाढीपहिरो तथा प्राकृतिक विपद्बाट

केम्पो ओपन कपमा प्रतिस्पर्धा गर्न नेपाली टोली पोर्चुगल प्रस्थान

काठमाडौं । विश्वका करिब ३० देशका खेलाडी सहभागी हुने अन्तर्राष्ट्रिय

गगन थापा स्याङ्जा जाँदै, गोपालमान श्रेष्ठको ४५औँ पुण्यकार्यमा सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा स्याङ्जा जाने भएका छन्।