२०८३, ८ आश्विन शुक्रबार

गौतम बुद्धको पवित्र पिपरहवा अवशेषहरू १२७ वर्षपछि इङ्गल्याण्डबाट भारत फिर्ता

गौतम बुद्धको पवित्र पिपरहवा अवशेषहरू १२७ वर्षपछि इङ्गल्याण्डबाट भारत फिर्ता


काठमाडौं । भगवान गौतम बुद्धको पवित्र पिपरहवा अवशेषहरु १२७ वर्षपछि इङ्गल्याण्डबाट भारत फिर्ता भएको छ । राष्ट्रिय गौरव र आध्यात्मिक महत्वको अवशेष फिर्तासँगै भारत सरकारले त्यसको स्वागत गरेको छ ।

भारत सरकारका संस्कृति मन्त्री गजेन्द्र सिंह शेखावतले यसलाई ‘ऐतिहासिक र गहिरो भावनात्मक क्षण’ भनेका छन् । ‘सांस्कृतिक रूपमा, आज हाम्रो लागि धेरै महत्त्वपूर्ण दिन हो । यो पुरातात्विक सम्पदाले भारतको लागि ऐतिहासिक र आध्यात्मिक महत्व राख्छ । १२७ वर्ष पहिले इङ्गल्याण्ड लगिएको पवित्र पिपरहवाअवशेष भारत फिर्ता हुने कुरामा कसैले कल्पना समेतपनि गरेको थिएन् । तर आज त्यो सौभाग्यको सूर्योदय भएको छ,’ उनले भने । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि भगवान बुद्धको पवित्र पिपरहवा अवशेषहरू भारत फिर्ता भएकोमा प्रशंसा गर्दै बुद्धका शिक्षाहरूप्रति भारतको गहिरो श्रद्धा र यसको आध्यात्मिक र ऐतिहासिक विरासतको संरक्षण गर्ने प्रतिबद्धतालाई जोड दिए ।

भगवान बुद्धका अवशेषहरू मानिने पिप्राह्वा अवशेषहरू १९ औं शताब्दीको अन्त्यतिर उत्तर प्रदेशको सिद्धार्थनगर जिल्लाको पिप्राह्वामा, नेपाल सीमा नजिक र बुद्धको बाल्यकालको घर, प्राचीन कपिलवस्तु नजिकै फेला परेका थिए । यी अवशेषहरू औपनिवेशिक कालमा भारतबाट लगिएका थिए ।(एएनआइ)

प्रकाशित मिति : २०८२, १५ श्रावण बिहीबार  ५ : ४० बजे

राष्ट्रपतिबाट इन्द्रजात्रा अवलोकन, वसन्तपुरमा विशिष्ट व्यक्तिको जमघट

काठमाडौं । काठमाडौंको ऐतिहासिक तथा सांस्कृतिक पर्व इन्द्रजात्रा राष्ट्रपति रामचन्द्र

काठमाडौंमा उर्लिए खोलानाला : कहाँ के छ अवस्था ?

काठमाडौं । लगातारको वर्षासँगै काठमाडौं उपत्यकाका नदी तथा खोलानालामा पानीको

एमाले कार्यालय च्यासलमा अवलोकनको लागि पुगे गृहमन्त्री गुरुङ

काठमाडौं । खोलाको पानीको बहाव बढेपछि गृहमन्त्री सुधन गुरुङले ललितपुरको

आयल निगमको अध्यक्षमा रुद्रसिंह तामाङ, ‘नियमित र सहज आपूर्ति सुनिश्चित गर्छु’

काठमाडौं । नेपाल आयल निगम सञ्चालक समितिको अध्यक्षको जिम्मेवारी रुद्रसिंह

सोल्टी होटलमा व्यवस्थापनविरुद्ध तीन युनियन उत्रिए, ‘एकतर्फी सरुवा फिर्ता गर’

काठमाडौं । राजधानीको प्रतिष्ठित द सोल्टी होटलमा कर्मचारी सरुवाको विषयलाई