२०८३, १४ कार्तिक शनिबार

स्कुटर दुर्घटनामा परी नमोबुद्ध नगरपालिकाका पूर्व मेयर टीपी शर्मा तिमल्सिना गम्भीर घाइते

स्कुटर दुर्घटनामा परी नमोबुद्ध नगरपालिकाका पूर्व मेयर टीपी शर्मा तिमल्सिना गम्भीर घाइते


काभ्रे । बिपी राजमार्गमा भएको स्कुटर दुर्घटनामा पूर्व नगर प्रमुख टी.पी. शर्मा तिमल्सिना गम्भीर घाइते भएका छन्।

शनिबार बिहान ७: ४४ बजे नमोबुद्ध नगरपालिका–२, बिस किलोस्थित बिपी राजमार्गमा दुई स्कुटर एक आपसमा ठोक्किँदा पूर्व नगर प्रमुखसहित तीन जना घाइते भएका हुन्। दुर्घटनामा नमोबुद्ध नगरपालिका–२ बस्ने अन्दाजी ४६ वर्षीय किशोर तिमल्सिना सामान्य घाइते भएका छन्। उनले चलाएको बा।प्र.०३–०२–००७ प ८८०० नम्बरको स्कुटरमा पछाडि सवार उनका ७२ वर्षीय पिता टी.पी. शर्मा गम्भीर घाइते भएका हुन्।उनीहरू दुबैलाई उपचारका लागि तत्काल धुलिखेल अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले जनाएको छ।

दुर्घटनामा ठक्कर दिने बा ६२ प ३५७८ नम्बरको स्कुटर दोलखा मेलुङ गाउँपालिका–३ स्थायी घर भई हाल रोशी गाउँपालिका–८ बस्ने २६ वर्षीय निमा तेम्वा थोकरले चलाएका थिए। उनको अवस्था सामान्य रहेको र हाल मेथिनकोट अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। घटनापछि ठक्कर दिने स्कुटर चालक तथा सवारीसाधन प्रहरी नियन्त्रणमा रहेको छ। प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित मिति : २०८२, १० श्रावण शनिबार  ११ : ०९ बजे

भैरहवाको बदलिँदो पहिचान : गाउँबाट व्यापारिक सहर,

रुपन्देही । कुनै समय ढुंगैढुंगाका बाटा, फुसका घर, झाडी र

पत्रकार पक्राउ र सञ्चारगृहमाथिको हस्तक्षेपविरुद्ध माइतीघरमा पत्रकारको प्रदर्शन

काठमाडौं । पत्रकार पक्राउ, सञ्चारगृहमाथि धरपकड र न्यूजरुममा प्रहरी हस्तक्षेप

पहिरोले बिपी राजमार्ग अवरुद्ध, पिन्थली र गिम्दीबेँसीमा सडक बन्द

काभ्रेपलाञ्चोक । निरन्तर वर्षासँगै पहिरो खस्दा बिपी राजमार्ग पूर्ण रूपमा

रास्वपाको सचिवालय बैठक आज, बिहान ११ बजे बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज सचिवालय बैठक

उपत्यकामा २४ घण्टामा ३१४ सवारीसाधनमाथि ट्राफिक प्रहरीको कारबाही

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ३१४ वटा