२०८३, २४ जेष्ठ सोमबार

मौसम अपडेट : यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

मौसम अपडेट : यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना


काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहँदा मनसुनको न्यूनचापीय रेखा सरदर स्थानका आसपासमा अवस्थित रहेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज ९मंगलबार० दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशलगायत देशका पहाडी भू–भागका केही स्थान तथा अन्य भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि पूर्वानुमान रहेको छ ।

त्यसैगरी, आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत देशका पहाडी भू–भागका केही स्थान तथा अन्य भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

प्रकाशित मिति : २०८२, ६ श्रावण मंगलबार  ७ : ४४ बजे

सम्पत्ति शुद्धीकरण मुद्दाः दीपक भट्ट र शुलभ अग्रवालमाथि थप तीन दिन हिरासत

काठमाडौं । सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका दीपक भट्ट र

विश्व वातावरण दिवस : नाराभन्दा बढी कार्यान्वयनको आवश्यकता

काठमाडौं । आज विश्व वातावरण दिवस देशभर विभिन्न कार्यक्रमका साथ