२०८२, २८ पुस सोमबार

मन्त्री गुप्ताद्वारा स्पष्टिकरण : तथ्यमा आधारित पत्रकारिताका लागि आग्रह

मन्त्री गुप्ताद्वारा स्पष्टिकरण : तथ्यमा आधारित पत्रकारिताका लागि आग्रह


काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले पछिल्लो समय केही मिडियामा आफूलाई जोडेर आएका समाचारप्रति गम्भीर आपत्ति जनाउँदै ती समाचारहरू प्रायोजित र निराधार भएको बताएका छन्। उनका अनुसार सरुवा, नियुक्ति लगायतका विषयमा आफूले रकम बार्गेनिङ गरेको भन्ने जस्ता आशयका समाचारहरू केही मिडियामार्फत निरन्तर सार्वजनिक भइरहेका छन्, जसले आफ्नो व्यक्तिगत प्रतिष्ठामाथि प्रश्न उठाएको छ। मन्त्री गुप्ताले भने, “यो विषय मेरो लागि अत्यन्त संवेदनशील छ, अब यस्ता आरोपहरू पुष्टि गर्न मिडियाले प्रमाण खोज्नुपर्छ।”

मन्त्री गुप्ताले पाँचवटा स्पष्ट प्रश्न सार्वजनिक गर्दै त्यसमा उत्तर खोज्न मिडियासँग आग्रह गरेका छन् :

१. सरुवा वा नियुक्तिको प्रक्रियामा संलग्न बिचौलिया वा दबाव दिने व्यक्तिहरू को हुन् ?

२. सार्वजनिक गरिएका भिडियो वा फोटोहरूमा देखिएको नोटसहितको टेबल कुन कार्यालयको हो? त्यो टेबल मन्त्री गुप्ताको कार्यकक्षमा कहिल्यै नभएको उनले बताए ।

३. अख्तियारलाई नोटको नम्बरसहित निवेदन गरिएको भनिएको भए पनि ती नोट कहाँ छन् र कसले दियो भन्नेबारे मन्त्रीलाई कुनै जानकारी छैन ।

४. आरोप लगाइएका कर्मचारीहरूको भूमि आयोगमा नियुक्ति सम्बन्धमा आफूलाई जानकारी नरहेको र तिनलाई प्रभावमा पारिएको भनिए पनि आफू निर्दोष रहेको मन्त्रीको भनाइ छ।

५. सूचना प्रविधि (एआई) को दुरुपयोग गर्दै निकालिएको भनिएको उनको आवाजसम्बन्धी अडियोबारे मन्त्रीले स्पष्ट रूपमा अस्वीकार गर्दै भने, “यो मेरो आवाज होइन। यसको प्रमाण कसले दिन्छ?”

यसै सन्दर्भमा मन्त्री गुप्ताले राज्यको चौथो अंगका रूपमा पत्रकारिता पेशाको सधैं सम्मान गर्दै आएको स्मरण गराउँदै यस्ता गम्भीर विषयमा सत्यको खोजीमा केन्द्रित हुन सबै सञ्चारमाध्यमलाई आग्रह गरेका छन्।

उनले निष्पक्ष, प्रमाणमा आधारित र जिम्मेवार पत्रकारिता नै लोकतन्त्रको मेरुदण्ड भएको उल्लेख गर्दै दोषीलाई कारबाही र निर्दोषलाई संरक्षण गर्न सबैको उत्तरदायित्व रहेको बताएका छन्।

प्रकाशित मिति : २०८२, २९ असार आईतबार  ९ : २४ बजे

देउवालाई किनारामा राखेर महाधिवेशन, एमाले त्यस्तो संस्कारको पार्टी होइन : सूर्य थापा

काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले नेपाली कांग्रेसभित्र

वाचा धेरै, उपलब्धि कम, बालेन साहको तीन वर्षे कार्यकाल असफल : महेश बस्नेत

काठमाडौं । नेकपा (एमाले) का सचिव महेश बस्नेतले काठमाडौं महानगरपालिकाका

यी हुन् एमाले, कांग्रेस र नेकपाको बन्दसूचीबाट नाम फिर्ता लिने उम्मेदवार

काठमाडौं । प्रमुख राजनीतिक दलका समानुपातिकतर्फका बन्दसूची उम्मेदवारमध्ये सबैभन्दा बढी

ललितपुरमा बोरा भित्र शव : औंठी लुट्न ८३ वर्षीय वृद्धको निर्मम हत्या

काठमाडौं । ललितपुरमा तीन तोलाको सुनको औंठी लुट्ने उद्देश्यले ८३

राप्रपा कार्यालयबाट जबरजस्ती निकालिइन् अनशनरत नानीमैया, ओम अस्पताल भर्ना

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यालयबाट अनशनरत