२०८२, २६ फाल्गुन बुधबार

मन्त्री गुप्ताद्वारा स्पष्टिकरण : तथ्यमा आधारित पत्रकारिताका लागि आग्रह

मन्त्री गुप्ताद्वारा स्पष्टिकरण : तथ्यमा आधारित पत्रकारिताका लागि आग्रह


काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले पछिल्लो समय केही मिडियामा आफूलाई जोडेर आएका समाचारप्रति गम्भीर आपत्ति जनाउँदै ती समाचारहरू प्रायोजित र निराधार भएको बताएका छन्। उनका अनुसार सरुवा, नियुक्ति लगायतका विषयमा आफूले रकम बार्गेनिङ गरेको भन्ने जस्ता आशयका समाचारहरू केही मिडियामार्फत निरन्तर सार्वजनिक भइरहेका छन्, जसले आफ्नो व्यक्तिगत प्रतिष्ठामाथि प्रश्न उठाएको छ। मन्त्री गुप्ताले भने, “यो विषय मेरो लागि अत्यन्त संवेदनशील छ, अब यस्ता आरोपहरू पुष्टि गर्न मिडियाले प्रमाण खोज्नुपर्छ।”

मन्त्री गुप्ताले पाँचवटा स्पष्ट प्रश्न सार्वजनिक गर्दै त्यसमा उत्तर खोज्न मिडियासँग आग्रह गरेका छन् :

१. सरुवा वा नियुक्तिको प्रक्रियामा संलग्न बिचौलिया वा दबाव दिने व्यक्तिहरू को हुन् ?

२. सार्वजनिक गरिएका भिडियो वा फोटोहरूमा देखिएको नोटसहितको टेबल कुन कार्यालयको हो? त्यो टेबल मन्त्री गुप्ताको कार्यकक्षमा कहिल्यै नभएको उनले बताए ।

३. अख्तियारलाई नोटको नम्बरसहित निवेदन गरिएको भनिएको भए पनि ती नोट कहाँ छन् र कसले दियो भन्नेबारे मन्त्रीलाई कुनै जानकारी छैन ।

४. आरोप लगाइएका कर्मचारीहरूको भूमि आयोगमा नियुक्ति सम्बन्धमा आफूलाई जानकारी नरहेको र तिनलाई प्रभावमा पारिएको भनिए पनि आफू निर्दोष रहेको मन्त्रीको भनाइ छ।

५. सूचना प्रविधि (एआई) को दुरुपयोग गर्दै निकालिएको भनिएको उनको आवाजसम्बन्धी अडियोबारे मन्त्रीले स्पष्ट रूपमा अस्वीकार गर्दै भने, “यो मेरो आवाज होइन। यसको प्रमाण कसले दिन्छ?”

यसै सन्दर्भमा मन्त्री गुप्ताले राज्यको चौथो अंगका रूपमा पत्रकारिता पेशाको सधैं सम्मान गर्दै आएको स्मरण गराउँदै यस्ता गम्भीर विषयमा सत्यको खोजीमा केन्द्रित हुन सबै सञ्चारमाध्यमलाई आग्रह गरेका छन्।

उनले निष्पक्ष, प्रमाणमा आधारित र जिम्मेवार पत्रकारिता नै लोकतन्त्रको मेरुदण्ड भएको उल्लेख गर्दै दोषीलाई कारबाही र निर्दोषलाई संरक्षण गर्न सबैको उत्तरदायित्व रहेको बताएका छन्।

प्रकाशित मिति : २०८२, २९ असार आईतबार  ९ : २४ बजे

‘अवैध सैन्य कारबाहीले क्षेत्रीय शान्ति भंग’ भन्दै इरानको नयाँ नेतृत्व चयनको अधिकारको समर्थन

काठमाडौं । उत्तर कोरियाले इरानमा अमेरिका र इसराइलले गरेको आक्रमणको

पुटिन-पेजेश्कियान टेलिफोन वार्ता : मध्यपूर्वको युद्ध र क्षेत्रीय तनावबारे छलफल

काठमाडौं । भ्लादिमिर पुटिन र मसुद पेजेश्कियानबीच टेलिफोन वार्ता भएको

समानुपातिकतर्फ १ करोड ७ लाख मत गणना, कसले कति सिट पाउँछन् ?

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ।

बन्दुकसँग फोटो खिच्दा भयावह दुर्घटना, डडेल्धुरामा किशोरको मृत्यु

डडेल्धुरा । बन्दुक समातेर फोटो खिच्ने क्रममा बन्दुक पड्किँदा डडेल्धुरामा

इरानको चेतावनी: अमेरिकासँग वार्ता अस्वीकार, शक्तिशाली मिसाइल प्रयोगको संकेत

काठमाडौं । इरानले अमेरिकासँग सम्भावित वार्ता अस्वीकार गर्दै आफ्नो सुरक्षा