२०८३, २४ जेष्ठ सोमबार

काठमाडौंबाट दाङ जाँदै गरेको बस दुर्घटना, २६ यात्रु घाइते

काठमाडौंबाट दाङ जाँदै गरेको बस दुर्घटना, २६ यात्रु घाइते


रूपन्देही । काठमाडौंबाट दाङ जाँदै गरेको यात्रुवाहक बस कपिलवस्तुमा दुर्घटना हुँदा २६ यात्रु घाइते भएका छन् । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका अनुसार लुम्बिनी प्रदेश ०२–००१ ख ००४५ नं.को बस पूर्व पश्चिम राजमार्ग अन्तर्गत बुद्ध भूमि नगरपालिका वडा नं ९ वेलनदीमा दुर्घटनामा परेको हो। बस आफै अनियन्त्रित भई सडकको दायाँतर्फ गएको हो । घाइतेमध्ये तिन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

आइतबार बिहान ४ बजेतिर भएको उक्त दुर्घटना लगत्तै घटनास्थल पुगेको इलाका प्रहरी कार्यालय गोरुसिङ्गे र ट्राफिक प्रहरीको टोलीले घाइतेहरूको उद्धार गरी अस्पताल पठाएको छ ।

गम्भीर अवस्थाका तिन जनालाई उपचारको लागि बुटवल रिफर गरिएको छ भने २१ जनाको चन्द्रौटास्थित सञ्जीवनी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ। बुटवल रिफर गरिएकाहरूमा सल्यान बागचौर नगरपालिका वडा नंं १० बस्ने ७७ वर्षीय देवी बुढाथोकी, सल्यान शारदा नगरपालिका वडा नं. १२ का ५६ वर्षीय मोहनलाल बुढाथोकी र दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ का ३५ वर्षीय श्रीधर अधिकारी रहेका छन्। उनीहरूलाई बिहान सवा ५ बजेतिर बुटवल रिफर गरिएको हो।

सञ्जीवनी सामुदायिक अस्पताल चन्द्रौटामा उपचार भइरहेका घाइतेहरूमा रुकुम पश्चिम आठबिसकोट नगरपालिका वडा नं. ८ ज्यामिरेका २८ वर्षीय मोतीलाल ऐरी, सोलुखुम्बु सोताङ गाउँपालिका वडा नं.३ बस्ने २१ वर्षीय कोसिस गौतम, सल्यान चिद्द कुमाउ गाउँपालिका वडा नं. २ बस्ने १९ वर्षीय अनिता चलाउने, दाङ घोराही उपमहानगरपालिका वडा नं. १८ बस्ने ५२ वर्षीय सचिला नेपाली, अर्घाखाँची सितगंगा नगरपालिका वडा नं. ८ बस्ने ६० वर्षीय टुक कुमारी श्रेष्ठ, सल्यान बागचौर नगरपालिका १० का २५ वर्षीय चित्र प्रसाद धिताल र रोल्पा परिवर्तन गाउँपालिका वडा नं. ३ बस्ने ३१ वर्षीय ओम प्रकाश खड्का रहेका छन्।

त्यस्तै अन्य घाइतेहरूमा दाङ राप्ती गाउँपालिका ४ बस्ने २८ वर्षीय रुपा चौधरी, रोल्पा गंगादेव गाउँपालिका वडा नं. ३ बस्ने ३९ वर्षीय हेमराज वली, पर्वत मादी गाउँपालिकाका ३९ वर्षीय खड्क बहादुर पुन, सल्यान छत्रेश्वरी गाउँपालिका १ बस्ने ४३ वर्षीय भीम बहादुर बि.क, सल्यान बागचौर नगरपालिका ४ बस्ने ४० वर्षीय इन्द्र बहादुर बि.क. दाङ तुलसीपुर उपमहानगरपालिका ११ बस्ने २१ वर्षीय ललित शर्मा, रोल्पा गंगा देव गाउँपालिका ३ का ३१ वर्षीय सन्दीप वली, डडेलधुरा आलीताल गाउँपालिका ४ का २२ वर्षीय विशाल बोहरा, दाङ दंगिशरण गाउँपालिका २ बस्ने २४ वर्षीय शर्मिला नेपाली, सल्यान छत्रेश्वरी गाउँपालिका ३ बस्ने ४२ वर्षीय रश्मि बोहरा र घोराही उपमहानगरपालिका ११ बस्ने ३९ वर्षीय वेद बहादुर वली रहेको प्रहरीले जानएको छ ।

प्रकाशित मिति : २०८२, २९ असार आईतबार  ७ : ३५ बजे

सम्पत्ति शुद्धीकरण मुद्दाः दीपक भट्ट र शुलभ अग्रवालमाथि थप तीन दिन हिरासत

काठमाडौं । सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका दीपक भट्ट र

विश्व वातावरण दिवस : नाराभन्दा बढी कार्यान्वयनको आवश्यकता

काठमाडौं । आज विश्व वातावरण दिवस देशभर विभिन्न कार्यक्रमका साथ