२०८२, १९ फाल्गुन बुधबार

आजको मौसम : यी स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना

आजको मौसम : यी स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना


काठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुका साथै, भारतको पश्चिम बंगाल आसपासको क्षेत्रमा बनेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको जनाएको छ ।
महाशाखाका अनुसार बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमलगायत देशको पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहेकोे छ । हाल कोशी , बागमती , गण्डकी र लुम्बिनी प्रदेशका एक– दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज देशभर आंशिक देखि साधरणतया बदली रहने महाशाखाको पूर्वानुमान रहेको छ । महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा तथा कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा तथा मधेसका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै कर्णाली र सुदूरपश्चिमका थोरै तथा गण्डकीका एक–दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ। देशको उच्च–पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ।

प्रकाशित मिति : २०८२, २३ असार सोमबार  ८ : १३ बजे

सर्लाही-३ का रास्वपा उम्मेदवार कलवार कालोसूचीमा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सर्लाही–३ का उम्मेदवार

मोजतबा इरानको नयाँ सर्वोच्च नेता, को हुन् मोजतबा ?

काठमाडौँ । इरान को नयाँ सर्वोच्च नेताका रूपमा मोजतबा खामेनेई

अमित लामा : परिवर्तनको विश्वासिलो आधार

काभ्रे क्षेत्र नं. १ का मतदाताले वर्षौंदेखि एउटै गुनासो दोहोर्‍याउँदै

चुच्चे नक्साको भुमिमा उभिएको गणेशसिंह ठगुन्ना : सूर्य चिन्हमा मुस्कुराईरहेका दार्चुलावासी

नेपालको नक्शामा सबैभन्दा माथि, पश्चिमतिरको कुनामा रहेको दार्चुला जिल्ला केवल

मुस्ताङमा मौन अवधिमै कांग्रेस वडाध्यक्षको गाडीबाट ३० लाख बरामद

लोमान्थाङ । लोमान्थाङ–५ का वडाध्यक्ष नवाकुङ्गा लामाले प्रयोग गर्दै आएको