२०८३, १४ श्रावण शुक्रबार

सम्पादकहरुलाई राधिका शाक्यको जवाफ : ढुक्क हुनुहोस म राजनीतिमा आँउदिन

सम्पादकहरुलाई राधिका शाक्यको जवाफ : ढुक्क हुनुहोस म राजनीतिमा आँउदिन


काठमाडौं । प्रधानमन्त्री केपी ओली शर्माका पत्नी राधिका शाक्यले आफु राजनीतिमा नआउने बताउनु भएको छ । शाक्यको आत्मकथा ‘करुणा’का विषयमा सोमबार सम्पादकहरुसँग संवाद कार्यक्रममा यस्तो बताउनु भएको हो । पुस्तकको संवादका क्रममा सम्पादकहरुले शाक्यलाई तपाईं राजनीतिमा आउन लागेको हो कि भनेर प्रश्न गरेका थिए । शाक्यले सबैले ढुक्क हुन आग्रह गर्दै भन्नुभयो ‘म राजनीतिमा आउदिन । तपाईंहरु ढुक्क हुनुहोस । मेरो उमेर छँँदा त पूर्णकालिन राजनीतिमा आइन भने अब त त्यस्तो सोचाइ नै छैन ।’ आफूले राजनीति नगरे पनि राजनीतिचाँही बुझ्ने उहाँले बताउनुभयो ।

प्रेस चौतारी नेपालको आयोजनामा भएको सो संवादमा लेखक शाक्यले आफूले हरेक दिनजसो केही न केही लेखिरहने विगत देखिको बानीकै कारण करुणा जन्मिएको बताउनुभयो ।
‘म धेरै पहिले देखि नै आफू देखेका,भोगेका र सुनेका कुराहरु टिपोट गरेर राख्ने गर्थें’ शाक्यले भन्नुभयो ‘ति टिपोटहरुलाई एकै ठाउँमा कम्पायल गर्दा करुणा जन्मिएको हो । यसमा मेरा अनुभुतिहरु समेटिएका छन् ।’ शाक्यले आफूमा आम महिलामा हुने स्वभाव नभएको उल्लेख गर्दै गफ गरेर समय बिताउनु भन्दा कुनै सृजनात्मक काम गरौं भन्ने उद्धेश्यले यो कृति तयार गरेको बताउनुभयो । उहाँले फूर्सद हुनासाथ केही न केही लेख्ने वा पढ्ने सानै देखिको बानीका कारण किताब लेख्नतिर मन गएको उहाँले बताउनुभयो ।

‘आजै विबहान पनि खाना बनाउदै गर्दा लि क्वान युको किताबका केही पाना पढिरहेकाी थिंए’ शाक्यले भन्नुभयो ‘जीवनमा साथी जस्तै हो पढ्ने लेख्ने कुरा मेला लागि ।’ आफूले पुस्तक लेखेको कसैलाई कुनै सन्देश दिन वा फाइदाका लागि नभइ केवल आफ्ना अनुभुतिको दस्तावेजिकरणका लागि लेखिएको उहाँले बताउनुभयो ।

प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न थुप्रै नेता कार्यकर्ता आउने गरेको तर उनीहरु किन आए भन्ने कुरामा आफूलाई चासो नभएको उहाँले बताउनुभयो । ‘उहाँलाई भेट्न धेरै नेता कार्यकर्ता आउछन् । उनीहरु किन र के का लागि आउछन् म कहिल्यै सोध्धिन । किनभने म राजनीति गर्दिन तर राजनीतिचाँही बुझ्छु ’ शाक्यले भन्नुभयो ।

एक सम्पादकले शाक्यलाई सोधे ‘तपाईले चार पटक प्रधानमन्त्री बनाउनुभयो । आफू नबन्ने रु’ शाक्यले आफूलाई प्रधानमन्त्री बन्न रुची नभएको स्पष्ट पार्नुभयो । ‘म प्रधानमन्त्री बनेर देश बन्ने हैन । देश बनाउन धेरै गाह्रो छ । आफूसँग टिम चाहिन्छ । राजनीति अस्थिरताले देश निर्माणमा ठुलो अवरोध गरिरहेको छ ’ शाक्यले भन्नुभयो ।

उहाँले सरकार बनेकै दिन सञ्चार माध्यमहरुले ‘सरकार गयो गयो ’ भनेर प्रचार गरिदिने गर्नाले प्रधानमन्त्री र मन्त्रीहरुलाई काम गर्न अफ्ठेरो परेको सुनाउनुभयो । ‘यस प्रकारको अस्थिरता फैलाएपछि कर्मचारीले पनि काम टेर्न छोड्छन् अनि समस्या उत्पन्न हुन्छ’ शाक्यले भन्नुभयो । प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डेको अध्यक्षता भएको कार्यक्रममा कवि एवं समालोचक प्रा।डा।देवी नेपाल र वरिष्ठ पत्रकार,समिक्षक एवं लेखक बविता बस्नेतले करुणा माथी समिक्षा गर्नुभएको थियो । डा. नेपालले पुस्तक ध्वनी,ब्यञ्जना,रस आदि सबैको उचित संयोजन भएको बताउनुभयो ।

उहाँले लेखकको हृदय र मस्तिकबाट ‘करुणा’ जन्मिएको बताउनुभयो । उहाँले पुस्तकमा उल्लेख भएको रोचक घटना,परिवेश र उदाहरणहरु पनि प्रष्तुत गर्नुभएको थियो । अर्की समिक्षक बस्नेतले पुस्तक भनेको समयको चिनारी भएको बताउनुभयो । ‘राधिका शाक्यले आफ्ना अनुभवको अस्तवेजिकरणबाट पुस्तक जन्माउनुभयो । पुस्तक प्रेमले पुस्तकालय खोल्नुभयो’ बस्नेतको सुझाव दिंदै भन्नुभयो ‘पुस्तक पढ्दा लाग्छ यसको नाम करुणा नभएर कल्पवृक्षको सही हुन्थ्यो कि ।’
कार्यक्रमको सञ्चालन महासचिव हिरामान लामाले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०८२, ५ जेष्ठ सोमबार  ७ : १९ बजे

चाँगुनारायणमा अब घरदैलोमा आँखा उपचार,मोतियाबिन्दु शल्यक्रिया पनि निःशुल्क हुने

नबराज काफ्ले भक्तपुर, १५ श्रावण  : चाँगुनारायण नगरपालिका–२ दुवाकोट स्वास्थ्य

ब्रड पिक दुर्घटना : ६ नेपाली पर्वतारोही अझै सम्पर्कविहीन, उद्धारमा तीव्र समन्वय

काठमाडौं। पाकिस्तानको ब्रड पिक क्षेत्रमा आएको हिमपहिरोपछि सम्पर्कविहीन भएका नेपाली

गणेश यादवका परिवारलाई भेट्न आज सिरहा पुग्दै गृहमन्त्री गुरुङ, सुरक्षा अवस्थाबारे पनि लिने ब्रिफिङ

काठमाडौं। मधेश प्रदेशमा पछिल्ला दिनमा देखिएको तनावपूर्ण अवस्थाबीच गृहमन्त्री सुधन

आज राष्ट्रियसभा बैठक बस्दै, गृहमन्त्री गुरुङ र शिक्षामन्त्री पोखरेलले सांसदका प्रश्नको जवाफ दिने

काठमाडौं। संघीय संसदअन्तर्गत राष्ट्रियसभाको बैठक आज दिउँसो १ः१५ बजे बस्ने

सुनसरी घटनापछि सरकार-पीडित परिवारबीच सातबुँदे सहमति, मृतकलाई सहिद घोषणा गर्ने तयारी

काठमाडौं। सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा साउन १० गते भएको घटनामा