२०८३, ३ भाद्र बिहीबार

बिआरआई ऐतिहासिक र बहुआयामिक योजना हो : कोइराला

बिआरआई ऐतिहासिक र बहुआयामिक योजना हो : कोइराला


काठमाडौं । नेपाली काङ्ग्रेसकी नेतृ सुजाता कोइरालाले बिआरआई चीनबाट अगाडि सारेको ऐतिहासिक, बहुआयामिक योजना भएको बताएकी छन् । मंगलबार काठमाडौंमा फ्रेन्ड्स अफ सिल्क रोड क्लब नेपालले आयोजना गरेको कार्यक्रममा उनले चीनबाट अगाडि सारेको बहुआयामिक योजना बिआरआइले आर्थिक विकास, पूर्वाधार विस्तार तथा अन्तराष्ट्रिय साझेदारीलाई प्रवद्र्धन गर्ने लक्ष्य राखेको बताईन् ।
उनले भनिन्, ‘आजको यो कार्यक्रम केवल पुस्तक प्रकाशन मात्र नभएर नेपाल लगायत विश्वभरका राष्ट्रहरुको सहयोग, समृद्धि र दिगो विकासको मार्गचित्र प्रस्तुत गर्ने महत्वपूर्ण अवसर पनि हो । बिआरआई चीनबाट अगाडि सारेको ऐतिहासिक, बहुआयामिक योजना हो । यसले आर्थिक विकास, पूर्वाधार विस्तार तथा अन्तराष्ट्रिय साझेदारीलाई प्रवद्र्धन गर्ने लक्ष्य राखेको छ ।’
यस्तै, उनले चीनको नेतृत्वमा अगाडि बढि रहेको यो प्रयोजनाले भौतिक तथा आर्थिक पूर्वाधार विकासमा महत्वपूर्ण योगदान पुग्ने भन्दै नेपाल जस्तो भूपरिवेस्थित राष्ट्रका लागि अन्तराष्ट्रिय व्यापार मार्गहरुमा पहुँचको लागि पनि सहज हुने बताईन् ।
उनले भनिन्, ‘नेपालका लागि बिआरआई एउटा राम्रो अवसर हो । चीनको नेतृत्वमा अगाडि बढि रहेको यो प्रयोजनाले हाम्रो भौतिक तथा आर्थिक पूर्वाधार विकासमा महत्वपूर्ण योगदान पुर्‍याउन सक्छ । नेपाल जस्तो भूपरिवेस्थित राष्ट्रका लागि अन्तराष्ट्रिय व्यापार मार्गहरुमा पहुँच आवश्यक छ । बिआरआईले यस सन्दर्भमा सहजता प्रदान गर्न सक्छ ।’

प्रकाशित मिति : २०८१, २५ चैत्र मंगलबार  ७ : १६ बजे

वागमती प्रदेशमा एमाले नेतृत्वमा नयाँ सरकार गठनका लागि दाबी पेश बिहिबार मुख्यमन्त्रीको सपथ

====================================== सहमती लगत्तै आजै एमाले नेता किरण थापा मगरले वागमती

रास्वपाभित्र सांसदको भूमिकामाथि बहस, रविले बोलाए मन्त्री र सांसद

काठमाडौं । संसद्मा पार्टीका सांसदको प्रस्तुति र सरकारसँगको सम्बन्धलाई लिएर

नेपाल भित्रियो शक्तिशाली विद्युतीय एसयूभी एम हिरो, नाडा अटो शोमा सार्वजनिक हुँदै

काठमाडौं । चिनियाँ अटो निर्माता डोङफेङले उत्पादन गरेको शक्तिशाली विद्युतीय

जुकरबर्गले मुद्दा हारे फेसबुक र इन्स्टाग्राममा ठूलो परिवर्तन हुनसक्ने

काठमाडौँ । मेटाविरुद्ध अमेरिकाका ३० राज्यले दायर गरेको मुद्दाको सुनुवाइ

आज देशभर वर्षाको सम्भावना, पाँच प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको चेतावनी

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज अधिकांश