२०८२, ३ पुस बिहीबार

बिआरआई ऐतिहासिक र बहुआयामिक योजना हो : कोइराला

बिआरआई ऐतिहासिक र बहुआयामिक योजना हो : कोइराला


काठमाडौं । नेपाली काङ्ग्रेसकी नेतृ सुजाता कोइरालाले बिआरआई चीनबाट अगाडि सारेको ऐतिहासिक, बहुआयामिक योजना भएको बताएकी छन् । मंगलबार काठमाडौंमा फ्रेन्ड्स अफ सिल्क रोड क्लब नेपालले आयोजना गरेको कार्यक्रममा उनले चीनबाट अगाडि सारेको बहुआयामिक योजना बिआरआइले आर्थिक विकास, पूर्वाधार विस्तार तथा अन्तराष्ट्रिय साझेदारीलाई प्रवद्र्धन गर्ने लक्ष्य राखेको बताईन् ।
उनले भनिन्, ‘आजको यो कार्यक्रम केवल पुस्तक प्रकाशन मात्र नभएर नेपाल लगायत विश्वभरका राष्ट्रहरुको सहयोग, समृद्धि र दिगो विकासको मार्गचित्र प्रस्तुत गर्ने महत्वपूर्ण अवसर पनि हो । बिआरआई चीनबाट अगाडि सारेको ऐतिहासिक, बहुआयामिक योजना हो । यसले आर्थिक विकास, पूर्वाधार विस्तार तथा अन्तराष्ट्रिय साझेदारीलाई प्रवद्र्धन गर्ने लक्ष्य राखेको छ ।’
यस्तै, उनले चीनको नेतृत्वमा अगाडि बढि रहेको यो प्रयोजनाले भौतिक तथा आर्थिक पूर्वाधार विकासमा महत्वपूर्ण योगदान पुग्ने भन्दै नेपाल जस्तो भूपरिवेस्थित राष्ट्रका लागि अन्तराष्ट्रिय व्यापार मार्गहरुमा पहुँचको लागि पनि सहज हुने बताईन् ।
उनले भनिन्, ‘नेपालका लागि बिआरआई एउटा राम्रो अवसर हो । चीनको नेतृत्वमा अगाडि बढि रहेको यो प्रयोजनाले हाम्रो भौतिक तथा आर्थिक पूर्वाधार विकासमा महत्वपूर्ण योगदान पुर्‍याउन सक्छ । नेपाल जस्तो भूपरिवेस्थित राष्ट्रका लागि अन्तराष्ट्रिय व्यापार मार्गहरुमा पहुँच आवश्यक छ । बिआरआईले यस सन्दर्भमा सहजता प्रदान गर्न सक्छ ।’

प्रकाशित मिति : २०८१, २५ चैत्र मंगलबार  ७ : १६ बजे

राजनीतिप्रति घृणा फैलाउनेहरुप्रति खबरदारी गर्न केपी ओलीको अपील

भक्तपुर। नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले दलीय

एमालेका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ (तस्वीरहरू)

काठमाडौं । नेकपा एमालेको एघारौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा

तेस्रो पटक एमाले अध्यक्षका रूपमा केपी ओलीद्वारा शपथ ग्रहण

काठमाडौं । नेकपा एमालेको अध्यक्षमा तेस्रो पटक लगातार निर्वाचित केपी

एमाले महाधिवेशन: अध्यक्षमा केपी शर्मा ओलीको शुरुआती अग्रता

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भइरहेको निर्वाचनको

एमाले महाधिवेशन : मतदान समय ३ घण्टा थप, ८ बजेसम्म मत हाल्न सकिने

काठमाडौं । एमाले महाधिवेशन : मतदान समय ३ घण्टा थप,