२०८३, ९ भाद्र बुधबार

बलात्कारी जोगाउन सांसदको घरमा पञ्चायती

बलात्कारी जोगाउन सांसदको घरमा पञ्चायती


 रौतहट, भदौ २८: बालिका बलात्कार घटना ढाकछोप गर्न एक प्रदेश सभा सांसदले आफ्नै घरमा छलफल (पञ्चायती) राखेको खुलासा भएको समाचार आजको कान्तिपुरको दोस्रो पृष्ठमा छापिएको छ ।

पीडितलाई प्रहरीकहाँ आउन नदिइ घटनाको ४ दिनसम्म गाउँमै मिलाउने प्रयास गरिएको थियो । पीडितले इलाका प्रहरी गरुडामा किटानी जाहेरी दिएपछि सांसदले घटना लुकाउन खोजेको खुलेको हो ।

रौतहटको गम्हरियाकी १२ बर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले स्थानीय ५० बर्षीय सहमद अन्सारीलाई पक्राउ गरेको छ । भदौ २० गते घरमा कोही नभएको बेला अन्सारीले बलात्कार गरेका थिए । घटनापछि प्रदेशसभा सांसद अब्दुल कलाम आजाद (फूलबाबु)ले घरमा पीडकलाई समेत झिकाएर पञ्चायती गरे । बालिकाकी आमाले भनिन्, हामीसित पनि बयान लिने काम भयो । पछि सुनें, पैसा दिने निर्णय भएछ । अस्वीकार गरेर प्रहरीसमक्ष न्यायका लागि आयौं ।

प्रकाशित मिति : २०७५, २८ भाद्र बिहीबार  ६ : ४५ बजे

रसुवाको भोटेकोशीमा एक्कासि ठूलो बाढी, पाँच जिल्लाका नदी तटीय क्षेत्रमा उच्च सतर्कता

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान एक्कासि ठूलो बाढी

महाधिवेशन रोक्ने अन्तरिम आदेशको सम्भावना न्यून छ : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीको १५औँ महाधिवेशन

ब्यारोन ट्रम्पलाई मार्न १ करोड डलरको इनाम घोषणा? इरानी सरकारी टेलिभिजनको भिडियोपछि अमेरिका सतर्क

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका कान्छा छोरा ब्यारोन ट्रम्पलाई

आजको विदेशी मुद्राको विनिमयदर : डलर १५२.३७, पाउन्ड २०८.६७ र युरो १७८.४८ रुपैयाँ

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

संसदमा आज बालेनको परीक्षा : सांसदका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री शाह

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक प्रधानमन्त्री बालेन्द्र शाहका लागि महत्वपूर्ण